मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(13 votes, avg 4.62/5.00)
Text size:-
+
-

सिन्धुकोटमा आर्यन र नम्रता

फिल्मीखबर, काठमाडौं, 2015/05/04

सुगम स्थानका भूकम्प पीडितहरुलाई राहत पुगेको समाचार आएपनि नेपालका दुर्गम स्थानमा अझै पर्याप्त राहत पुग्न सकेको छैन । केही फिल्मीकर्मीहरु फेसबुकमा फोटो राख्न र मिडियामा देखिनका लागि मात्र राहत वितरणको नौटंकी गरिरहेका छन् ।



तर, केही फिल्मीकर्मी भने सर्वाधिक प्रभावीत क्षेत्रमा पुगिरहेका छन्। आज सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट पुगेर निर्माता सुवास गिरी र उनको टिमले राहत वितरण गरेको छ । सिन्धुपाल्चोकका ९ वटा वडाका करिब ७ सय घरलाई राहत वितरण गरिएको हो । साथमा मलेसियाबाट आएका डाक्टरहरुको टोलीले स्थानिय बासिन्दाको स्वास्थ्य जाँच गरेका थिए ।



चलचित्र पत्रकार संघको संयोजनमा भएको राहत विरणका लागि ३ ट्रक चामल, दाल र नुन लगिएको थियो । प्रत्येक परिवारलाई १५ किलो चामल, २ किलो दाल, नुन वितरण गरिएको हो ।अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउत, निर्माता सुवास गिरीको साथमा ६० जनाको स्वयंसेवक र डाक्टरहरु सिन्धुकोट पुगेका थिए ।



सुवास गु्रप अफ कम्पनिजसँग सहकार्य गर्दै चलचित्र पत्रकार संघले राहत विरतरण गरेको हो । साथमा सुवास ह्यूमन रिसर्च, इन्टरनेशनल म्यानपावर  रिक्वाएरमेन्ट, स्यामयोग ओभरसिज, सुवास इन्टरटेन्मेन्ट प्राली, आर्यन सिग्देल इन्टरटेन्मेन्ट प्राली, हाइली हाई इन्टरटेन्मेन्ट प्राली, फ्यूजन पोलिक्लिनक एन्ड डाइग्नोसिज सेन्टर, मलेसिया इलिट डिजयास्टर रेस्क्यू फाउन्डेशन, पोटला ओभरसिज, असम म्यानपावर र वनसुरिया रिसर्चले यो राहत वितरणमा सहकार्य गरेका थिए ।

 



करिब १४ सय स्थानियले स्वास्थ्य चेकअप गरेका थिए । सिन्धुपाल्चोकको सिन्धुकोट गावीसमा रहेका करिब ७ सय घर सबै बस्न लायक छैनन् । भूकम्पबाट यो क्षेत्रका ३५ जनाको ज्यान गएको थियो । निर्माता तथा सुवास गु्रप अफ कम्पनजिका अध्यक्ष सुवास गिरीले यसरी एउटा गाविसका सम्पूर्ण परिवारलाई राहत वितरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । उनले यो स्थानमा पालको माग पनि धेरै भएको बताए । साथमा उनले अन्य क्षेत्रमा पनि औषधी र डाक्टरको टिम आवश्यक परेको खण्डमा आफूहरुलाई सम्पर्क गर्न आग्रह गरे ।



अभिनेता आर्यन सिग्देलले एक अर्काको दुखमा साथ दिने बेला आएको बताए । अभिनेत्री नम्रता श्रेष्ठले सबैलाई यो दुखमा एकजुट भएर काम गर्न र नयाँ दिनको कामना गर्न आग्रह गरिन् । स्थानियहरुले यसरी राहत पहिलो पटक पाएको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।