मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमान खानको मुद्दामा ३ हजार करोडको जुवा

फिल्मीखबर, काठमाडौं, 2015/05/04

सन् २००२ देखि चलिरहेको बलिउड अभिनेता सलमान खानको हिट एन्ड रन केसको मुद्दाको फैसला वुधबार हुँदैछ । बुधबार आउने फैसलाले सलमानलाई १० बर्षसम्म जेल पनि पठाउन सक्छ ।



सलमान खान जेल गएको खण्डमा बलिउडका केही फिल्म र बक्स अफिसमा ठूलै प्रभाव पर्ने अड्कल सुरु भएको छ । तर, सलमान खान जेल जान्छन् या जादैनन् भनेर भारतमा ठूलै जुवा पनि खेलिएको छ ।



सलमानको यो मुद्दालाई लिएर २ हजार करोडको जुवाको खेल भैरहेको केही भारतीय मिडियाले जनाएका छन् । क्रिकेट र राजनीतिमा यस्ता खालका बाजी लगाउने गरिन्छ । बलिउड अभिनेताको अदालती प्रकरणमा पहिलो पटक यती धेरै रकमको बाजी लगाइएको छ ।