मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुकम्प पीडित बालबालिकालाई सहयोग गर्न आमिरको आग्रह

फिल्मीखबर, काठमाडौं, 2015/05/03

सलमान खानले नेपालका भुकम्प पीडितलाई सहयोग गर्न अनिच्छा देखाईरहँदा समकक्षि अभिनेता आमिर खानले भने भुकम्प प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । युनिसेफ राष्ट्रसंघीय बालकोष दक्षिण एसियाका सद्भावना दूत खानले सामाजिक संजाल ट्वीटरमा यस्तो आह्वान गरेका हुन् ।

 


केही महिना पहिले युनिसेफकै बाल पोषण कार्यक्रमका लागि नेपाल आएका आमिरले आफ्नो सोही भ्रमणको स्मरण गर्दै भुकम्पबाट मर्नेहरुको संख्या बढिरहेको भन्दै मन दुखेको बताएका छन् ।

 


उनले युनिसेफ मार्फत बालबालिकामा सहयोगका लागि आग्रह गरेका हुन् । आमिरलाई काठमाडौंमा भएको कार्यक्रममा युनिसेफको तर्फबाट बाल पोषण दूत घोषणा गरिएको थियो । सो समयमा उनले बालबालिकालाई आमाको दुध सबैभन्दा पोषक हुने भन्दै बालबालिकालाई सो अधिकारबाट बन्चित नगर्न आग्रह गरेका थिए ।