Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16561 - 16566 of 24017
फिल्मीखबर, काठमाडौं, 2015-02-14, शनिवार

फिल्म पार्सले बन्ने भएको छ । लाहुरेले आफ्नी मायालुलाई विदेशबाट पठाएको पार्सल विच बाटोमा नै साटिदा हुने उतारचढावलाई यो फिल्मले उतार्नेछ । काठमाण्डौको बागबजारस्थित सिटी म्याक्स हलमा आयोजना गरिएको कार्यक्रममा यो फिल्मको शुभसाइत गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-02-14, शनिवार

ललितपुरमा रहेका ब्यूटिसियनहरुले स्थापना गरेको ‘ललित ब्यूटिसियन बहुउद्देश्यीय सहकारी संस्था’ले आफ्नै लगानीमा ‘कस्मेटिक होलसेल पसल’को सुरुवात गरेको छ ।  बिहीबार आयोजित कार्यक्रममा हाँस्य कलाकार दीपाश्री निरौला, पूर्व मिस नेपाल उषा खड्गी, साप्ताहिकका सम्पादन सुवास ढकाल, सभासद मदनबहादुर अमात्य र नारी मासिककी सह–सम्पादक झरना नहकर्मीले उद्घाटन गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-02-14, शनिवार

अभिनेत्री अनुष्का शर्मा अहिले अस्पतालको चक्कर लगाइरहेकी छिन् । आखिर, अनुष्का किन अस्पतालको चक्कर लगाइरहेकी छिन् भन्ने तपाइलाई लाग्न सक्छ । अनुष्का अहिले फिल्म बम्बे बल्वेट र एनएच१० मा एकसाथ काम गरिरहेकी छिन् । विराट कोहलीसँगको प्रेमका कारण चर्चामा रहेकी अनुष्का दुई फिल्म एकसाथ गर्दा विरामी परेको बताइन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-11, बुधवार

८ बर्षिय बालक सौगात बिष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’को हङकङमा विशेष शो गरिएको छ । फिल्म हेर्न करिब ५ सय दर्शक उपस्थित भएको फिल्मका कलाकार तथा निर्देशकका बुवा गजित बिष्टले जानकारी दिए । 

फिल्मीखबर, काठमाण्डौ, 2015-02-11, बुधवार

बलिउड बजारमा अभिनेत्री ज्याकलिन फर्नान्डेज र अभिनेता सलमान खानविच केही न केही चक्कर चलेको खबर आइरहेका छन् । सलमान र ज्याकलिनले एक अर्कालाई देखाएको सम्मान र प्रेमले पनि यो कुरा पुष्टी गरिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-11, बुधवार

अभिनेत्री करिश्मा मानन्धर फिल्म वान वेको शो हेर्न पुग्दा केही दु:ख व्यहोरिन् । काठमाण्डौको सुन्धारा स्थित सीटीसी मलमा फिल्मको प्रिमियर राखिएको थियो । करिश्माले सीटीसी मल चिनिनन् या विर्सिइन्, उनी पुगिन् सिभिल मल ।

Results : 16561 - 16566 of 24017