Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16537 - 16542 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-02-20, शुक्रवार

विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाएपछि एकाएक चर्चित बनेका 'लभ यू बाबा'का निर्देशक सौगात बिष्टले आफूलाई भने दर्शकले नपत्याएको गुनासो पोखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-20, शुक्रवार

सडक बालबालिकाको कथालाई मेरूदण्ड बनाएर निर्माण गरिएको फिल्म 'चकलेट'को रोमान्टिक गीत रिलिज गरिएको छ । गीतमा अभिनेत्री पूजना स्त्री र नव अभिनेता आयुष्मान घिमिरेले एकअर्कालाई हदभन्दा बढि माया गर्ने भाव व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-20, शुक्रवार

देशको बिग्रंदो राजनैतिक अवस्था तथा बढ्दो भ्रष्टाचारको कथामा निर्माण भईरहेको फिल्ममा शिव श्रेष्ठले एउटा भ्रष्टाचारी मन्त्रीको भूमिकामा अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-20, शुक्रवार

हरि पराजुलीको पहिलो निर्देशकिय फिल्म `परिणाम`को छायांकन अन्तिम चरणमा पुगेको छ । भारतको दार्जीलिङ, सिक्किम र सिलिगुढीमा फिल्मको ७० प्रतिशत छायांकन सकिएको र बाँकी काठमाण्डौंमा गरिने निर्देशक पराजुलीले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2015-02-19, बिहिवार

चैत्र १३ गतेबाट देशका साथै विदेशमा पनि प्रदर्शन हुन लागेको फिल्म ‘भूल भुलैया’को ट्रेलर बाहिर आएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरु जिवन लुइटेल, नीता ढुंगाना, सोहित मानन्धरको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-02-19, बिहिवार

फिल्म लभ यू बाबा निर्देशन गर्दा कतीले ८ बर्षका सौगात बिष्टलाई प्रोत्साहन दिए त कतिले गाली । केही फिल्मीकर्मीले त मुख खोलेरै भने, ८ बर्षका बालकले फिल्म निर्देशन गर्नु फिल्म क्षेत्रकै बेइजत हो । तर, उनै सौगातले सानो उमेरमा फिल्म निर्देशन गरेर गिनिज बुकमा नाम लेखाएका छन् ।

Results : 16537 - 16542 of 24017