
अनलाइन पत्रिका फिल्मीबजार डट कमले आज फिल्म तथा रंग पत्रकारिता क्षेत्रका विभिन्न फिल्मीकर्मी र पत्रकारलाई सम्मान गरेको छ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर पत्रकार र फिल्मीकर्मीलाई सम्मान गरिएको हो ।

बलिउडमा साहरुख खान र काजोल अभिनित फिल्म 'बाजिगर' सुपरहिट भएको थियो । नेपालमा यही नाम सापटी लिएर फिल्म बनाउन लागिएको छ ।

चैत्र २७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म 'हवल्दार सुन्तली'को 'घन्टी बज्यो...' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सविन श्रेष्ठ र शिल्पा पोख्रेललाई देखाइएको छ ।

भारतमा विवादपछि हलमा चलेर बक्स अफिसमा धमाका मच्चाएको फिल्म एमएसजी अब नेपालमा पनि प्रदर्शन हुने पक्का भएको छ । यसलाई नेपालमा दर्शना आट्सले वितरण गर्ने भएको छ ।

नेपालीको समाजमा नारीको गहनाको रुपमा रहेको सिन्दुर पोतेको महत्व के कति रहन्छ, सिन्दुर लगाउँदा र नलगाउँदा कति फरक पार्छ भन्ने विषयलाई दर्शकले फिल्ममा हेर्न पाउने छन् ।

अभिनेत्री करिश्मा मानन्धरलाई १२ बर्षपछि फिल्म निर्माणमा फर्कदा सुरुवातमै झट्का लागेको छ । करिश्माले सहकार्य गर्ने भन्दै उद्घोष गरेको गोपिकृष्णसँग उनको साथ टुटेको छ ।

