मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानलाई जेलको हावा ५ वर्ष

फिल्मीखबर, काठमाडौं, 2015/05/06

बलिउडका अभिनेता सलमान खानलाई मुम्बइको सेसन कोर्टले ५ बर्षको जेल सजाए सुनाएको छ । सलमानलाई जेल सजाय सुनाएपछि उनका फ्यान र बलिउड नै स्तब्ध भएको छ ।
विगत १३ बर्षदेखि चल्दै आएको हिट एन्ड रन केसको अन्तिम फैसला आज आएको हो । अदालतले फैसला सुनाउँदा सलमान आफ्नो परिवारको साथमा थिए । उनलाई जेल सजाय सुनाइएपछि उनको परिवारमा पनि नैराश्यता छाएको छ ।

 


सलमानमाथि नशामा  गाडी चलाएर फुटपाथमा सुतिरहेका ४ मध्ये १ जनाको हत्या गरेको र ३ जनालाई घाइते बनाएको आरोप लागेको थियो । अदालतले उनको विरुद्धमा फैसला सुनाएको छ ।सलमानलाई २५ हजार जरिवाना पनि सुनाइएको छ । सलमान खानले अब भारतको उच्च न्यायलयमा धरौटीमा छुट्नका लागि अनुरोध गर्न सक्नेछन् । यसका लागि केही समय लाग्नेछ ।

 


सलमान बिहान अदालत जानुभन्दा अगाडि आफ्नो  पितासँग मिलेर अंकमाल गरेका थिए । उनलाई भेट्न मध्यरातमा बलिउड अभिनेता साहरुख खान उनको निवास पुगेका थिए । सलमान धरौटीमा छुट्ने संभावना पनि धेरै छ । तर, आज उनको स्वास्थ्य अवस्था चेक गरेपछि उनलाई मुम्बइको अर्थरोड जेल लगिनेछ । यसपछि उनलाई अन्य कुनै जेलमा चलान गर्न सकिने भारतीय मिडियाले जनाएका छन् ।