मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

लुटियो फिल्मको राहत टोली

फिल्मीखबर, काठमाडौं, 2015/05/04

सिन्धुपाल्चोकको अति विकट गाउँ सेलाङबारीका लागि राहत सामग्री लिएर जाँदै गरेको  चंखे शंखे पंखे फिल्म यूनिटको राहतलाई भोटे सेलाङका गाउँलेहरुले लुटेका छन् ।२ दिन लगाएर बाटोमा झरेका करिब २० बढी ठूला पहिरो र भत्किएका घरहरु पन्छाउँदै सेलाङबारी पुग्ने बेलामा चंखे यूनिटको राहतलाई भोटे सेलाङका गाउँलेहरुले आईतबार राति लुटेका हुन ।



स्थानिय जिविसको सहयोगमा डोजर लिएर बाटो पन्छाउँदै उद्धारमा उत्रिएको चंखे यूनिटको राहतलाई सरकारी राहत ठान्दै भोटे सेलाङका गाउँलेले लुटेको निर्देशक सुर्दशन थापाको भनाई छ । थापाका अनुसार फोन नचल्ने भएका कारण सुक्षा कर्मीहरुको समेत सहयोग लिन नसकेपछि भोटेसेलाङका गाउँलेहरुबाट राहत सामग्री जोगाउन नसकिएको हो ।



लुटिएको घटना बारे बताउँदै थापाले भनेका   छन् ु हामीले बन्द रहेको बाटो समेत खोल्दै राहत लगेका थियौ तर जुन ठाँउका लागि लगिएको हो त्यो ठाँउ पुग्नु भन्दा करिब एक किलोमिटर अगाडीको भोटे सेलाङ गाउँमा लुटिदा नरमाईलो भयो किन कि उक्त गाउँमा हाम्रो राहतसंगै सरकारी राहत पनि पुगेको थियो र हाम्रै अगाडी बाडिएको पनि थियो ।  उनका अनुसार भोटेसेलाङका ३० घर धुरीका लागि सरकारले २० बोरा चामल लगायतका अन्य खाध्य सामग्र बाडेको अवस्थामा पनि लुटिनु परेको हो ।