मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

जिवनले ५१ हजार सहयोग गर्ने

फिल्मीखबर, काठमाडौं, 2015/05/06

फिल्मीकर्मीहरु भूकम्पबाट प्रभावितहरुलाई राहत वितरण गर्न हिडिरेका छन् । विभिन्न संघसंस्थाबाट आएका राहत सामाग्री उनीहरुले भूकम्प प्रभावितसम्म पु¥याएका छन् । तर, फिल्मीकर्मीहरु आफैले भने सहयोग गरेका छैनन् ।



अमेरिकाबाट करिब ३ महिनापछि फर्किएका अभिनेता जिवन लुइटेलले ५१ हजार सहयोग गर्ने बताएका हुन् । ‘चलचित्रकर्मी मानव तथा भौतिक क्षति विवरण संकलन एवं सहयोग वितरण समन्वय समिति’लाई उनले नगद ५१ हजार दिने बताएका हुन् । उनले यो रकम भूकम्पबाट प्रभावित चलचित्रकर्मी, पत्रकारका लागि खर्च गर्ने पनि बताएका छन् । साथमा फिल्म भुल भूलैयाका निर्माता दिनेश कुमार पोख्रेलको तर्फबाट १ लाख १ हजार र फिल्म ठूलीका निर्माता पुष्कर पन्तको तर्फबाट ५१ हजार नगद सहयोग आफूलाई प्राप्त भएको पनि जिवनले बताएका छन् ।



यस्तै, भारतको बालाजी फिल्मस्बाट जिवनले आफ्नो पहलमा १० लाख मुल्य बराबरको खाद्य सामाग्री सहयोग मागेको र त्यो प्राप्त भएको जिवनको भनाई छ । उनले भोली धादिङ पुगेर यो सामाग्री वितरण गर्ने बताएका छन् । अभिनेता लुइटेलले अन्य फिल्मीकर्मीलाई पनि आफूले सक्दो सहयोग गर्नका लागि आग्रह गरेका छन् ।