Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16519 - 16524 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2015-02-25, बुधवार

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'अझै पनि'को काठमाण्डौको बीग सिनेमामा प्रिमियर गरिएको छ । निर्देशक आलोक नेम्वाङको अन्तिम कोशेली हेर्नका लागि पत्रकार र फिल्मीकर्मीको बाक्लो उपस्थिती थियो । प्रिमियरमा निर्देशक आलोक नेम्बाङको अनुपास्थितीलाई आमा सुनन्दाले पूर्ती गरिन् ।  

फिल्मीखबर, काठमाण्डौ, 2015-02-24, मंगलवार

भगवानमाथि विश्वास गर्ने श्वेताले निकै माया गर्ने पति गुमाएपछि अहिले भगवान भन्ने कुरा विश्वास मात्र रहेको बताईन् । केहि समय अगाडी जीवनलाई राम्रो फूल सोच्ने उनले भनिन्- 'बाँच्नु नै जीवन रहेछ ।’

फिल्मीखबर, काठमाण्डौ, 2015-02-24, मंगलवार

फागुन ८ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'माला' चैत्र ६ गतेका लागि सरेको छ । 'माला'को प्रदर्शन मिति सरेपछि यसको यूनिटले प्रचारका लागि समय पाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-24, मंगलवार

चर्चित भारतीय अभिनेत्री इशा देवलले नेपाली फिल्मप्रति चासो देखाएकी छिन् । आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्म 'अझै पनि'को टिमसँगको सोमवारको छलफलमा उनले आफुले नेपाली फिल्मको बारेका धेरै सुनेको र हेर्ने इच्छा समेत रहेको बताईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-24, मंगलवार

शाहरूख खान बलिउडका वादशाह हुन् । तर, उनलाई आफ्नो एक बानीले हैरान भने बनाएको छ । साहरुख लामो समयदेखि धुम्रपानको शिकार नै बनेका छन् । उनले दिनमा सय वटासम्म चुरोट तान्ने गरेको बताएका छन् । साहरुखको यो बानीले उनका साथीभाई, परिवारदेखि स्वयंम उनलाई नै हैरान बनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-02-23, सोमवार

गए राति सम्पन्न ८७ औं संस्करणको अस्कर अवार्डमा हलिउड फिल्म 'बर्ड म्यान'ले उत्कृष्ट भएको छ । 'बर्ड म्यान' उत्कृष्ट फिल्म सहित निर्देशक, पटकथा र छायाँकन बिधामा उत्कृष्ट ठहरियो । 

Results : 16519 - 16524 of 24017