मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

देउपुरमा आकाश अधिकारीको राहत एवं स्वास्थ्य शिविर

फिल्मीखबर, काठमाडौं, 2015/05/06

निर्देशक तथा अभिनेता आकाश अधिकारीको सामाजिक संस्था ‘आशाको ज्योति नेपाल’ ले काभ्रे पलाञ्चोकस्थित देउपुरका तीन वटा वडाका भूकम्प प्रभावितलाई राहत वितरण गर्दै एक दिने स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।

 


आकाशको ‘आशाको ज्योति नेपाल’ ले देउपुरका सोमबार ७, ८ र ९ वडाका भूकम्प प्रभावितलाई पाँच लाख बराबरको खाद्यन्न वितरण गरेको थियो ।  निर्देशक एवं अभिनेता आकाश अधिकारी संयोजक रहेको टोलीमा डाक्टर तथा स्वयंम् सेवक सञ्चारकर्मी र संस्थाका सदस्यहरुको सहभागिता  थियो । एक दिन चलेको स्वास्थ्य शिविर एवं राहतबाट तीन वडाका ३ सय ४६ घरधुरी लाभान्वित भए । भूकम्पले गर्दा हरेक घर तथा भवनमा मान्छे बस्न नहुने गरी क्षति भएको सिङ्गो गाविसमा सरकारी तहबाट हाल सम्म जम्मा ५० वटा त्रिपाल वितरण गरिएको गाविस सहायक रामचन्द्र बजगाँईले बताए । अन्य संस्था तथा व्यक्तिले उक्त गाविसमा राहत पुर्याएपनि आकाशको ‘आशाको ज्योति नेपाल’ ले वितरण गरेको राहत सेवा नै हाल सम्मको सबैभन्दा ठूलो हो ।

 


टोलीले पीडितहरुमा १ सय क्विन्टल चामल, २५ कार्टुन चाउचाउ, ३६ बोरा भुजा, विस्कुट २ कार्टुन, दाल ५० केजी, त्रिपाल १ सय थान, चिउरा १० बोरा, नुन ६ बोरा, दालमोठ १ कार्टुन, आलु १ बोरा, गुन्द्री (प्लास्टिक) १ सय २० थान, त्रिपाल रोल ५ थान र म्याट्रेस ९० मिटर तीन वडाका भूकम्प प्रभावितलाई वितरण गरेको गाविस सहायक बजगाँइले बताए । २१ जनाको ज्यान गएकोे देउपुकरका अधिकाशं मानिस आफ्नो घर छोडेर गोठ, तथा बारीको पाटामा पाल टाँगेर बस्न बाध्य छन् ।   

 


देउपुरका भूकम्प प्रभावितको दुःखद अवस्था देखेपछि निर्देशक तथा अभिनेता आकाश अधिकारीले भने, ‘हामी जुन लक्ष्य लिएर यहाँ आएका थियौं, त्यो पूरा भयो । किनकी हामी भूकम्प प्रभावित कहाँ प्रत्यक्ष रुपमा पुगेर उहाँहरुको घाउमा थोरै भएपनि मल्हम लगाउन चाहान्थ्यौं । ।’ भूकम्पबाट ज्यान गुमाएको परिवार र जेष्ठ नागरिकको पिडा सुन्दा आफू निकै भावुक बनेको पनि आकाशले बताए ।  

 


भूकम्पले क्षति बनाएका घर तथा भवनहरुलाई मात्रै सरकारले पुर्न निर्माण गरेर नहुने आकाशको आग्रह बुझाई छ । आकाशको भनाईमा ‘राज्यले पुरै भत्किएका घर मात्रै बनाउँने होइन, चर्किएका घरहरुलाई पनि मर्मत गर्नुपर्छ । थप जन धनको क्षत नहोस् भन्नका लागि चर्किएका घर तथा भवनलाई इञ्जिनियरले परिक्षण गरेर मात्रै बास बस्न सुरु गर्नु पर्छ ।’
राहत वितरणमा सहयोग पुर्याउँने शनि सगरमाथा समाज, नेपाल एशोसियशन अफ नर्थन क्यालिफोर्निया, नेपाल चिल्ड्रेन वेल फेयर सोशाइटी, आइ टु विइ, दाउन्ने देवी गाविस तथा जमुनिया गाविस (नवलपरासी) का साथीहरु सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा नुवाकोट, गोर्खा र सिन्धुपाल्चोक जस्ता भूकम्प प्रभावित क्षेत्रमा राहत तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्देशक तथा अभिनेता आकाश अधिकारीले बताए ।

 


आशाको ज्योतीसँगै देउपुरका भूकम्प प्रभावितको स्वास्थ्य शिविरमा सहभागी भएकी ब्रिटिस नागरिक डा.सुसन ह्यामब्लीनले नेपालको यो स्थितिमा म सहयोग गर्न पाउँदा निकै खुसी लागेका बताइन् । उनले भनिन्, ‘य यस्तो ठाउँमा पहिलो चोटी गएँ । यस्तो ठाउँमा सेवा गर्न पाउँदा म धेरै खुसी छु । त्यस माथि पनि आशाको ज्योती नेपालले गरेको यो समाजिक काम सहरानिय छ । आगामी दिनमा यस्तै सामाजिक कार्यमा सम्झिएको खण्डमा म अवश्य आउनेछु ।’ स्वास्थ्य जाँच सँगै ओत लाग्ने त्रिपाल र खाद्यन्न समेत पाएपछि त्यहाँका भूकम्प प्रभावित निकै खुसी देखिन्थे ।