मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

ट्याक्टर ठेल्दै राहत बाँड्न कलाकार

फिल्मीखबर, काठमाडौं, 2015/05/06

पर्दामा मात्र होइन कलाकार असली जीवनमा पनि लक्ष्य प्राप्तिका लागि उत्तिकै कटिबद्ध हुन्छन् भन्ने मान्यता चरितार्थ गर्दै कलाकारले ३ घन्टा भन्दा लामो ट्याक्टर यात्रा गर्दै राहत बाँडेका छन् ।

 

राहत बाँड्ने भनेर मंगलबार कलाकारको टोली कहिले कहिले गाडी कहिले ट्याक्टरको यात्रा गर्दै धादिंगको विकट गाउँ भालडाँडा पोखरी पुगेको थियो । यो क्रममा उनीहरुले कहिले ट्याक्टर चढ्दै त कहिले ट्याक्टर ठेल्दै गन्तव्यमा पुगेका थिए ।

 

विगत ५ दिन देखि राहत वितरण तथा स्वास्थ्य सम्बन्धि जनचेतना बाँडन सक्रिय टोलीले मंगलबार  टोलीले मंगलबार ६ घन्टाको यात्रा गर्दै भाल डाँडा पुगेर राहत तथा स्वास्थ्य चेतना बाँडेको थियो । टोलीमा अभिनेता दिलिप रायमाझी, जीवन लुईंटेल, रुपा राना, केकी अधिकारी,बेनिशा हमाल, यसराज गराच, निराजन प्रधान, वर्षा सिवाकोटी आदि कलाकारको उपस्थिति थियो ।

 


धादिंगको गजुरीबाट करिब १५ किलोमिटर दूरीमा रहेको गाउँमा कलाकार देखेर त्यहाँका जनता छक्क परेका थिए । यातायतको सुविधा नभएको कारण सरकारी तथा अन्य राहत टोली पुग्न नसकिरहेका बेला देशका चर्चित कलाकारहरु आउलान् भन्ने उनीहरुले कल्पना पनि गरेका थिएनन् । तर करिब दुई घन्टा ट्याक्टरको यात्रा गर्दै गाउँ पुगेका कलाकार आफ्नै सामु देखेपछि उनीहरुलाई पत्याउन करै लागेको थियो ।

 

'ठाउँ विकट छ । अरु मान्छे पनि आउन सकेका छैनन् । तपाईंहरु यति दुःख गरेर आउनुहोला कल्पनै गरेका थिएनौं', एक महिलाले कलाकारहरुलाई आफ्ना अगाडि देखेपछि भनिन् ।राहतसँगै स्वास्थ्य सम्बन्धि चेतना बाँडदै हिडेका कलाकारले यहाँ पनि सोही प्रक्रिया दोहोर्याए ।

 

कलाकारको टोलीको नेतृत्व गर्दै आएका निर्देशक तथा चलचित्र बिकास बोर्ड सदस्य सुरेश दर्पण पोखरेलले राहत भन्दा पनि स्वास्थ्य चेतना टोलीको प्राथमिकता रहे पनि खाली हात आउँदा मानिस निराश हुने देखेर राहत र चेतना दुवै बाँड्दै हिंडेको बताए । 'हाम्रो मुख्य उद्धेश्य चेतना बाँडनु हो तर मानिसहरु अहिले पनि राहतको पखाईमा छन् । त्यसैले दुवै कुरा मिलाएर बाँडिरहेका छौं, पोखरेलले भने ।

 


४२ घर धुरी रहेको भालडाँडामा भुकम्पले कुनै घर नि बाँकी राखेको छैन । ४२ वटा घर बस्न नहुने गरी ध्वस्त भएका छन् । भुईंचालोमा परी ९ जनाले ज्यान गुमाएका थिए भने चौपाया पनि थुप्रै नष्ट भएका थिए । यस्तोमा केकीले राहतसँगै स्वास्थ्य चेतना पनि बाँडन जरुरी रहेको बताइन् । 'आफन्त तथा चौपाया मरेको कारण मानिसलाई जीविका चिन्ता थपिएको छ । तर खुला चौरमा खान पान तथा बसोबासका कारण मानिसमा रोगको संक्रमण हुने सम्भावना प्रबल हुन्छ । हामीले जानेको कुरा बताउने गरेका छौं', केकीले भनिन् ।

 

त्यसो त टोलीलाई यही उद्धेश्यका लागि सिनामंगलकी केएमसी कलेजकी डाक्टर नेहा अमात्यले पनि साथ दिईरहेकी छिन् । कलाकारको टोलीसँग पहिलो दिन देखिनै सक्रिय नेहाले आफूले चिनेका कलाकारबाट यस्ता कुरा सुन्दा मानिसमा ज्यादा प्रभाव पर्ने सम्भावनाका कारण कलाकारलाई स्यानिटेसनका कुरा बाँडन आग्रह गरेको बताइन् ।

 

 

गाउँ पुग्ने क्रममा कतिठाउँमा हिंड्दै त कति ठाउँमा ट्याक्टर धकेल्दै गाउँ पुगेका कलाकार पनि गाउँबासीको माया देखेर दंग परेका थिए ।आउँदा एकदमै गाह्रो भएको थियो तर यहाँ आएर उहाँहरुको अवस्था देख्दा यात्राको पीडा सबै बिर्सिइयो, रुपा रानाले भनिन् । उनले सुगम ठाउँमा मात्र धेरैको ध्यान गईरहेकाले धेरैले दुर्गम ठाउँमा पनि राहतका लागि ध्यान दिन आग्रह गरिन् । कलाकारको टोली शुक्रबार सिन्धुली जाने तयारीमा छ ।