Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.89/5.00)
Text size:-
+
-

मैनवत्ती बालेर भूकम्प पीडितको सम्झना

फिल्मीखबर, काठमाडौं, 2015/05/08

भूकम्पबाट पीडित भएकाहरुलाई सम्झदै कलाकारहरुले ३ मिनेट मौनधारणा गरेका छन् । हातमा मैनवत्ती लिएर कलाकारहरुले उनीहरुलाई सम्झदै मृत आत्माको चिर शान्तीको कामना गरे ।

 


काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा एकसाथ भेला भएका सय भन्दा बढी कलाकार उपस्थित थिए । हार्दिक श्रद्धाञ्जली लेखिएको मैनवत्ती बालेर उनीहरुले मृत आत्माको चिर शान्तीको काम गरे । गायिका कोमल वलीले भूकम्प पनि हामीहरुकै साथ भएकाले सुरक्षित घर बनाएर उसलाई स्वागत गर्न आग्रह गरिन् । अभिनेत्री करिश्मा मानन्धरले भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न कलाकारलाई आग्रह गरिन् ।


कलाकारहरुले आफूहरुले मनदेखि काम गरेको भन्दै प्रचार भएपनि नभएपनि सन्तुष्ट रहेको बताए । अभिनेत्रीहरुको बाहुल्यता देखिएको श्रद्धाञ्जली सभामा अभिनेता, निर्माता, निर्देशक, पत्रकारहरु उपस्थित थिए ।


अभिनेत्री करिश्मा मानन्धर, झरना थापा, नम्रता श्रेष्ठ, केकी अधिकारी, रिमा विश्वकर्मा, वेनिशा हमाल, रेखा थापा, सुरविना कार्की लगायत श्रद्धाञ्जली सभामा पुगेका थिए । गायिका कोमल वली, मिलन अमात्य, इन्दिरा जोशी, अभिनेता दिलिप रायमाझी, कर्मा लगायत श्रद्धाञ्जली सभामा मैनवत्ती लिएर उपस्थित भए ।

Most Visited News (monthly)