विगत तीन वर्षदेखि डेटिङ गरिरहेको रणबीर र कट्रिनाले आउँदो साल बिहे गर्ने भएका छन् । अहिले पनि बिहेका बारेमा चुपचाप रहँदै आएका रणबीरले आउँदो सालको अन्तसम्ममा विवाह गर्ने जनाएका छन् ।
‘यो साल हामी दुवै व्यस्त छौं । अर्को सालको अन्तमा विवाह गर्नेछौं । परिवारको पनि यस्तै ईच्छा छ,’ रणबीरले हालै दिएको एक अन्तर्वातामा भनेका छन् ।
उनले आफू ३३ वर्ष पुगिसकेकोले विवाहको उमेर भएको पनि सकारेका छन् ।
रणबीर र कट्रिनाको प्रेम राजकुमार सन्तोषीको फिल्म ‘अजब प्रेमकी गजब कहानी’को सेटबाट सुरु भएको थियो । सलमानसँगको प्रेम तोडेर खाली बसेकी कट्रिनाले रणबीरलाई आफ्नो मन दिएकी थिइन् । रणबीर पनि कट्रिना भन्दा अघि सोनम कपुर र दीपिका पादुकोणसँगको प्रेममा थिए ।

