
‘ग्ल्यामर फिल्डमा लागेर आफ्नो नाम चम्काउने रहर जसले राख्छ नी, जस्तो अवस्थामा पनि उसले त्यो रहरलाई मार्न सक्दैन ।’ कुराकानीको शुरुवात नै कृष्ण सुनारले यसरी नै गरे ।

चैत्र २७ देखि प्रदर्शन हुने फिल्म 'नाईँ नभन्नु ल ३'को नयाँ गीत रिलिज गरिएको छ । अभिनेत्री प्रियंका कार्कीले गुन्यूचोलीमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । उनलाई अभिनेता आर्यन सिग्देलले साथ दिएका छन् ।

पूर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गरेको कमेडी जनराको फिल्म `हाऊ फन्नी`को रोमान्टिक गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा केकी अधिकारी र अनुप विक्रम शाहीको प्रेम देखाईएको छ ।

फिल्म टूके र फोर के प्रविधीमा खिचिएपनि हलको गुणस्तर कमजोर बन्दा दर्शकले अपेक्षा अनुसारको स्पष्ट दृश्यमा फिल्म हेर्न पाएका थिएनन् ।

शाहरूख निर्देशक रोहित सेट्टीसँग मिलेर नयाँ फिल्म खेल्दैछन् । यो फिल्मका लागि शाहरूख र रोहित तयार छन् । यो फिल्ममा शाहरूखका साथमा बरुण धवन र श्रुती मेनन पक्का भैसकेका छन् ।

फिल्मको ‘घन्टी बज्यो’ बोलको गीत चर्चामा त छ तर यो गीतलाई संगीतकार टंक बुढोथोकीले आफ्नै क्रियसनबाट निर्माण गरेको भने देखिदैन । मिलन अमात्य र टंक बुढोथोकीकै स्वर रहेको फिल्मको यो गीतलाई हिन्दी फिल्म 'गुन्डे'को ‘तुने मारी इन्ट्री और दिलमे बजी घन्टी’ बोलको गीतसँग मिल्न गएको छ ।

