बलिउड अभिनेता सलमान खानलाई मुम्बइको उच्च न्यायलयले ठूलो राहत दिएको छ । सलमानलाई अब जेल जानु नपर्ने भएको छ । वुधबार मुम्बइको सेसन कोर्टले सुनाएको ५ बर्षको जेल सजायाँलाई तत्काल कार्यन्वयन नगर्न उच्च न्यायलयले आदेश दिएको हो ।
४८ घन्टाको बिचमा सलमानको जिवनमा मडारिएको कालो बादल हटेको छ । सलमान खानलाई अदालतले सेसन कोर्टमा गएर ३० हजार जरिवाना तिरेर जमानत लिन आदेश दिएको छ । यसैले सलमान सेसन कोर्ट पुगेर जरिवाना तिर्दै जमानत लिएका छन् । सन् २००२ देखि चल्दै आएको हिट एन्ड रन केसमा अब नयाँ मोड आएको छ ।
मुम्बइको उच्च न्यायलयले सलमानको मुद्दामा अब जुन १५ देखि सुनुवाई हुने तारिख तोकेको छ । सलमानलाई उच्च न्यायलयले विदेश जानु अघि अदालतमा जानकारी गराउनुपर्ने आदेश पनि दिएको छ । सलमानको पासपोर्ट बान्द्रा प्रहरीसँग छ । सलमानमाथि नशामा गाडी चलाएर सडक पेटीमा सुतिरहेका ४ जना मध्ये ३ लाई घाइते र १ को ज्यान लिएको आरोप छ । सलमानको यो मुद्दामा अब उच्च न्यायलमा पुगेको छ ।

