
हर्षिकाको चर्चा उनको जिवनमा गाँसिने प्रेम प्रसंगबाट बढी भएको पाइन्छ । सम्पादक विपिन मल्ल र गायक बादल प्रसाइसँग हर्षिको प्रेम लामै समयसम्म चलेपनि अहिले उनीहरु अलग छन् ।

अभिनेता अनुप बरालले आफू अभिनित फिल्म `षडङ्ग`लाई षड्यन्त्र गरेर दर्शक नतान्ने फिल्म भनेका छन् । बुधवार राजधानीमा फिल्मको ट्रेलर र गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बरालले फरक प्रस्तुतीको फिल्म दर्शकलाई दिने टिमको कोशिस रहेको बताए ।

मोफसलमा फिल्म निर्माणको कुरा जोड्दै गर्दा यसको अग्रपङ्गतीमा बुटवल र पोखराको नाम आउँछ । यही बीचमा पश्चिम नेपालको बुटवलमा अर्को नयाँ फिल्मको सुटिङ शुरू भएको छ ।

आठ वर्षको कलिलो उमेरमै ठूलो पर्दाको नेपाली फिल्म ‘लभ यू बाबा’को निर्देशन गरी गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल बाल प्रतिभा सौगात बिष्टलाई डिल्लीबजारमा अवस्थित सूर्योदय आवासीय माध्यमिक विद्यालयले सम्मान गरेको छ ।

चैत्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'भूलभुलैया'लाई वितरक गोपाल कायस्थले २५ लाख रूपैयाँ एमजी दिएका छन् । निर्देशक योगेश घिमिरेले मंगलबार गोपालसँग यस्तो सहमती भएको जानकारी दिए ।

सम्मानित भएपछि बास्कोटाले आलोक नेम्वाङ कहिल्यै पनि दिवंगत हुन नसक्ने बताउँदै नामको अगाडी स्व. नलेख्न र नभन्न आग्रह गरे । आलोक श्रृजनाले भरिएको व्यक्ति भएकोले उनी भित्रको श्रृजना कहिल्यै मर्न नसक्ने बास्कोटाले बताए ।

