
अघिल्लो सालको असोजमा प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नसकेको फिल्म ‘वन साइड लभ’ अब जेठ ८ मा रिलिज हुने भएको छ । निर्माता कपिल खत्रीले रिलिजको नयाँ मिति सार्वजनिक गर्दै जेठ ८ को मितिमा फिल्म रिलिज गर्न वितरक र आफू बीच सहमति भएको जनाएका छन् ।

बलिउड अभिनेता सलमान खान कुनै न कुनै विवादको शिकार भैरहन्छन् । सलमान अहिले फिल्म बजरंगी भाइजानको छायांकनका लागि जम्बु काश्मिरमा छन् । तर, सलमान देखेर उनका फ्यान भने निराश भएका छन् । छायांकनका क्रममा सलमानका फ्यान उनलाई हेर्न चाहन्छन् ।

पारी त्यो डाँडामाथि बोलका कारण नै राम्रो उचाई पाएको फिल्म रेशम फिलिली आजबाट देशभरका हलमा लागेको छ । फिल्मको बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर शो गरिएको छ । प्रिमियरमै यो चलचित्र हेर्नका लागि फिल्मीकर्मी, पत्रकार र अन्य विभिन्न क्षेत्रका मानिसहरुमा एक प्रकारको उत्साह देखियो ।

अष्ट्रेलिया, न्यूजिल्याण्डलगायतका देशमा रिलिज भईसकेको नेपाली फिल्म 'सेफ ल्याण्डिङ'को नेपाल रिलिज आउँदो असार ४ गते हुने भएको छ । काठमाण्डौ उपत्यकामा दर्शना आर्ट्स र उपत्यका बाहिर एफडी कम्पनीले फिल्म वितरण गर्नेछ ।

सुवास इन्टरटेन्टमेन्टले आर्यन सिग्देल इन्टरटेन्टमेन्टसंगको सहकार्यमा निर्माण गर्न लागिएको दोश्रो फिल्म 'क्लासिक'ले अफिसियल ब्रान्डिङको सुरुवात गरेको छ । फिल्म निर्माण कम्पनीले 'क्लोथ्स् नेपाल' नामक वर्डड्रप संस्थामार्फत अफिसियल ब्रान्डिङको सुरुवात गरेको हो ।

बलिउड अभिनेत्री ऐश्वर्या राय एक विज्ञापनका कारण विवादमा देखिएकी छिन् । ऐश्वर्याले मोडलिङ गरेको एक विज्ञापनमा उनलाई एक बालकले छाता ओडाएका छन् । यो विज्ञापनले बाल मजदुरलाई प्रोत्साहन दिएको सरोकारवालाहरुको भनाई छ । कल्याण ज्वलर्सको एक विज्ञापनमा ऐश्वर्याले बाल मजदुर बन्नका लागि प्रोत्साहन गरेको आरोप लगाइएको छ । राष्ट्रिय बाल अधिकार संरक्षण आयोग र विभिन्न महिला सम्बन्धी संघ संस्थाले यो विज्ञापनको विरोध गरेका हुन् ।

