बलिउड अभिनेता अमिर खान र सलमानको मित्रताका बारेमा त दुनियाँलाई थाहा छ । सलमान र शाहरुखको झगडा पर्दा आमिरले सलमानको पक्षमा लागेर शाहरुखको मान मर्दन गर्न कुनै कसुर छाडेका थिएनन् । त्यसैले आमिरको फिल्म रिलिज हुँदा सलमानले प्रमोट गर्ने र सलमानको फिल्म रिलिज हुँदा आमिरले प्रमोट गर्ने सिलसिला पूरानै हो ।
अघिल्ला वर्ष बेतुकका फिल्ममा आमिरको साथ पाएका सलमानले यो पालि भने राम्रै फिल्ममा अभिनय गरेको पुष्टि भएको छ । किनकी सलमानको फिल्म हेरेर आमिरका आँखाबाट आँशु झरेका छन् ।आमिर शनिबार राति आफ्ना केही साथीसँग सलमान खानको फिल्म ’बजरंगी भाईजान’ हेर्न लाइट बक्स थिएटर पुगेका थिए । अमिर खानले छोरी इरा र भाइ फैजल खानलाई पनि संगै लिएर गएका थिए । फिल्म हेरिसकेर निस्कँदै गर्दा आमिर आँशु पुछ्दै निस्किएका थिए ।
जब फिल्म सकियो आमिर आँसु पुछिरहेको अवस्थामा देखिएका थिए । पछि आमिरले ट्विटमा ’बजरंगी भाईजान’ को तारिफ गर्दै सो फिल्मलाई सलमान खानको अहिलेसम्मकै राम्रो फिल्म भएको बताएका थिए । यो संगै अमिरले आफ्ना शुभचिन्तकलाई ’बजरंगी भाईजान’ एकपटक हेर्न आग्रहसमेत गरेका छन् । ट्विट गर्दै अमिरले फिल्म निर्देशक, फिल्मको कथाबस्तुको समेत तारिफ गरेका थिए ।
अमिर खानले फिल्ममा अभियन गरेकी हर्षाली मल्होत्राको पनि तारिफ गरेका छन् । शुक्रबार रिलिज भएको फिल्म ‘बजरंगी भाईजान’ले दुई दिनमा करिब ६३ करोड व्यापार गरेको छ । शुक्रबार फिल्मले २७ करोड २५ लाख कमाएकोमा शनिबार सो कमाई बढेर ३६ करोड पुगेको थियो । फिल्मले दुई दिनमा करिब ६३ करोड कमाएको छ र आइतबार सम्ममा सय करोड कमाउने अनुमान गरिएको छ ।

