Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16309 - 16314 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-04-21, मंगलवार

सिक्स प्याक्सको चलन बलिउडमा त खुबै पाइन्छ । नेपाली फिल्ममा भने अभिनेताहरुले आफ्नो शरीरलाई मेन्टेन गरेको देखिदैन । सायद, यसैले पनि होला अभिनेताहरुको शरीरको आलोचना भएको पाइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2015-04-21, मंगलवार

नेपाली फिल्मको संगीतको बजार छैन । संगीतले फिल्म चलाएपनि निर्मातालाई चलाउन सकेको छैन । गीत जतिसुकै राम्रो हुन् विक्दैन । यसैले पनि होला, निर्माताहरुले गीतलाई खासै महत्व दिदैनन् । गीत सार्वजनिक गर्नु भनेको सामान्य काम हो भन्ने सोच्छन् उनीहरु ।

फिल्मीखबर, काठमाडौं, 2015-04-20, सोमवार

ऐश्वर्या राय र सोनम कपुर पछि कट्रिना कैफले पनि कान्सको रेड कार्पेटमा आफ्नो् उपस्थिति देखाउने भएकी छिन् । कट्रिनाले कस्मेटिक ब्रान्ड लोरियलको तर्फबाट फ्रान्सको फिल्म फेस्टिभल कान्समा सहभागिता जनाउने भएकी हुन् । ऐश्वर्या र सोनम कपुरको सहभागिता पहिले नै तय भईसकेको भएपनि कट्रिनाका आग्रहलाई भने कान्सले प्रतिक्षाको सूचिमा राखेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-04-20, सोमवार

फिल्मको अवस्था जेसुकै होस् निर्माणको क्रम भने रोकिएको छैन । दिनदिनै नयाँ फिल्म घोषणा हुने र फ्लोरमा जाने क्रम जारी छ । वैशाखमा मात्रै कम्तीमा आधा दर्जन फिल्म फ्लोरमा जाँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-20, सोमवार

प्रियंका चोपडाले आफ्नो नयाँ फिल्म ८५ वटा साडी लगाउने भएकी छिन् । प्रियंकाले संजय लिला भंसालीले निर्देशन गरिरहेको फिल्म बाजीराव मस्तानीमा त्यति धेरै साडी लगाउन लागेकी हुन् । पिरियड ड्रामामा प्रियंकाले राजा बाजीरावको पहिली पत्नीको भूमिकामा अभिनय गरिरहेकी छिन् । काशीबाई नामको सो भूमिकालाई दुरुस्त उतार्न फिल्मभरि प्रियंकाले यति धेरै साडी फेर्न लागेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-19, आईतवार

बलिउडका अभिनेता र अभिनेत्री सबैभन्दा धेरै प्रेमको कारणले चर्चामा हुन्छन् । चर्चामा आउनकै लागि पनि हुनसक्छ, उनीहरु कोही न कोहीसँग अफेयरमा रहन्छन् ।
अभिनेता बरुण धवन पनि यही सूचीमा पर्छन् । कहिले बलिउड अभिनेत्री आलिया भट्ट त कहिले कोही न कोही उनको वरिपरी देखिन्छन् ।

Results : 16309 - 16314 of 24018