
सन् २००२ देखि चलिरहेको बलिउड अभिनेता सलमान खानको हिट एन्ड रन केसको मुद्दाको फैसला वुधबार हुँदैछ । बुधबार आउने फैसलाले सलमानलाई १० बर्षसम्म जेल पनि पठाउन सक्छ ।

सलमान खानले नेपालका भुकम्प पीडितलाई सहयोग गर्न अनिच्छा देखाईरहँदा समकक्षि अभिनेता आमिर खानले भने भुकम्प प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । युनिसेफ राष्ट्रसंघीय बालकोष दक्षिण एसियाका सद्भावना दूत खानले सामाजिक संजाल ट्वीटरमा यस्तो आह्वान गरेका हुन् ।

बलिउड अभिनेता सलमान खानले नेपालको भुकम्प पीडितका लागि आफूले सहयोग नगर्ने बताएका छन् । सलमानले नेपालका भुकम्प पीडितका लागि उनको सामाजिक संस्था बिइङ हयुमन मार्फत दस करोड सहयोग गर्न लागेको खबरको खण्डन गर्दै आफूले बिइङ हयुमन मार्फत नेपाललाई कुनै पनि सहयोग गर्ने घोषणा नगरेको बताएका छन् ।'मैंले सहयोग गर्ने भनेको कुरा केवल अफवाह मात्र हो । बिइङ हयुमनले भारतीयलाई मात्र सेवा गर्छ', सलमानले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन् ।

भूकम्प प्रभावीत क्षेत्रमा खाद्यन्न पुगेपनि औषधी र जनचेतनाको अभाव छ । यही अभावलाई पुर्ती गर्न कलाकारको टोली अगाडि सरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र डब्लू एच ओसँग मिलेर फिल्मीकर्मीको टोलीले काठमाण्डौ, भक्तपुर र ललितपुरमा औषधी वितरण गरेका हुन् ।

सरकारी नजर नपुगेको सिन्धुपाल्चोकको टौथली गाविसबाट गोपिकृष्ण मुभिज समूहले भुकम्प प्रभावितका लागि सहयोगको थालनी गरेको छ । गोपिकृष्ण समूहले शुक्रबार राजमार्गबाट ४० किलोमिटर पर रहेको बिकट टौथली गाविसका भुकम्प पीडितका लागि त्रिपाल तथा खानेकुराहरु सहयोग गरेको हो ।

हल नेदरल्याण्डमा रहेका अभिनेता राजेश हमालले त्यहीबाट नेपालको भुकम्प पीडितका लागि राहत संकलन थालेका छन् । नेदरल्याण्डको आम्र्सटरडममा रहेका हमालले शनिबार बिहानदेखि उक्त अभियान थालेका हुन् ।

