Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16279 - 16284 of 24018
फिल्मीखबर, काठमाण्डौ, 2015-05-01, शुक्रवार

अभिनेता सरोज खनालले आफू सम्बन्ध रहेको खनाल पोल्टी फार्म र नेपाल अन्डा उत्पादक संघसंग मिलेर भूकम्प पीडित विरामीका लागि १० लाख नगद र २० हजार अण्डा बाँड्ने घोषणा गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-05-01, शुक्रवार

चलचित्र बिकास बोर्डको पहलमा बिहीबार बसेको फिल्म क्षेत्रसँग सम्बन्धित संस्थाहरुको बैठकले शक्तिशाली भूकम्पले ल्याएको विपत्ती र पुनः हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै आगामी १५ दिन सम्मका लागि फिल्मको छायाँकन बन्द गर्ने र भूकम्पग्रस्त क्षेत्रमा फिल्म सम्बन्धी सम्पूर्ण कार्य बन्द गर्ने निर्णय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-05-01, शुक्रवार

आफ्नो स्वास्थ्य परीक्षण एवं 'कोहिनूर' प्रर्दशनका लागि अमेरिका पुगेकी अभिनेत्री स्वेता खड्काले अमेरिकामा हुन गईरहेको फिल्मको शोबाट  उठ्ने सम्पूर्ण रकम भूकम्प पीडितका लागि दिने घोषणा गरेकी छिन् । 

फिल्मीखबर, काठमाडौं, 2015-04-30, बिहिवार

वैशाख १२ गते आएको भूकम्पका कारण नेपाली फिल्म क्षेत्र पनि पूर्ण रुपमा प्रभावित भएको छ । प्रदर्शनमा आइरहेका फिल्म अनिश्चितकालका लागि सरेका छन् भने तत्काल फिल्म सम्बन्धी गतिविधी शुन्य हुने देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-04-30, बिहिवार

नेपाल चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ सय जनाले रक्तदान गरेका छन् । जसमा एक सय ५० फिल्मीकर्मी र रंग पत्रकार छन् । अन्य २५० सर्वसाधारण यो रक्तदानमा सहभागी भएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-04-30, बिहिवार

 थालिन् बेलायती अभिनेत्री जोअना लुम्ले नेपालको भुकम्प पीडितको सहयोगका लागि अगाडि आएकी छिन् । उनले बेलायतमा नेपालका भुकम्प प्रभावितका लागि अभियान थालेकी हुन् ।

Results : 16279 - 16284 of 24018