अभिनेता निखिल उप्रेतिले बीबी फुयाँलको निर्देशनमा बन्ने फिल्म 'च्याम्पियन'मा पत्नी संचितासँगै जोडी बनाउने खबर बाहिरिएको थियो तर सुटिङ सुरु हुने बेलामा निखिलले सञ्चिता दुवैले फिल्म छाडेको खबर बाहिरिएको छ ।
निखिलले छाडेको रोल दिक्पाल कार्कीले गर्ने भएका छन् । दिक्पालले यस अघि ‘रङ्ग वैजनी’मा अभिनय गरेका थिए । निखिलले फिल्म प्राविधिक रुपमा चुस्त नबन्ने आँकलन गर्दै छाडेको स्रोतले बतायो ।
निखिलले काम गर्ने भनेर फिल्मका निर्माता कृष्ण पोख्रेल र निर्देशक बीबी फुयाँलले उनलाई एडभान्स रकम पनि दिइसकेका थिए । तर, निखिलले अन्तिम समयमा आएर यो फिल्म प्राविधिक रुपमा पनि उत्कृष्ट नबन्ने भन्दै छाडेका छन् । सुरुवातमा फिल्ममा काम गर्ने भन्दै कथामा आफै बसेका अभिनेताले अन्तिममा फिल्म अपेक्षित नबन्ने देखेर छाडेको स्रोतको दाबी छ ।
फिल्ममा दिक्पाल क्रिकेट खेलाडीको भूमिकामा देखिदैछन् । निखिलले काम नगर्ने भएपछि यसको निर्माणपक्षले सुटुक्क छायांकन सुरु गरेको हो । फिल्म `च्याम्पिएन`मा संचिताले पनि काम गर्ने कुरा थियो । तर, निखिलले नखेलेपछि संचिताले पनि यसमा काम गरिनन् ।

