
नेपाली अभिनेता राजवल्लभ कोइरालाले अभिनय गरेको हलिउड फिल्म हाइवे टु धम्पुसको नेपाल प्रदर्शन मिति तय भएको छ । यो फिल्म नेपालमा जेठ २९ मा चल्ने वितरण कम्पनी आइसफले जानकारी दिएको छ ।

फिल्म छेस्कोको अडियो बिमोचन गरिएको छ । काठमाण्डौको मण्डला थिएटरमा आयोजना गरिएको कार्यक्रममा फिल्मका कलाकार तथा निर्माताले अडियो सार्वजनिक गरेका हुन् । फिल्ममा राम कार्कीको संगीत छ ।

श्याम भट्टराईले निर्देशन गर्ने भनि घोषणा गरिएको फिल्म ‘किस्मत २’ अब ऋषि लामिछानेले निर्देशन गर्ने भएका छन् । फिल्म सम्बन्धि प्रदर्शनीमा भाग लिन अमेरिका गएका श्याम भट्टराई फर्कन ढिला हुने भएपछि निर्देशनको अभिभारा ऋषिलाई सुम्पने निर्णय गरेको छवि ओझाले जानकारी गराएका छन् ।

चलचित्र ‘राहदानी’को प्रदर्शनी तिथि तय गरिएको छ । यो चलचित्रलाई आगामी २९ जेठबाट काठमाडौं र मोफसलका सिनेमा हलमा एकसाथ प्रदर्शनी गरिने यसका प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकालले जानकारी गराएका छन् ।

जेठ १ गते प्रदर्शन हुने फिल्म ‘चंखे शंखे पंखे’ले फिल्मकै कथामा आधारित रहेर युवा नेता छान्ने प्रतियोगिताको घोषणा गरेको छ । बुधबार राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मले देशका ८ सहरबाट १० जना छान्ने र ती मध्येबाट तीन जना युवा नेता छानेर पुरस्कृत गर्ने घोषणा गरेको हो ।

नायक मुकेश ढकालले अमेरिका भ्रमणको क्रममा आफ्ना नजिकका साथीहरुसँग आफ्नो ३४ औ जन्म दिन मनाएका छन । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका निर्देशक शंकर घिमिरे, नायिका रिचा घिमिरे , उषा पौडेल , अरुणिमा लम्साल र मुकेश सगै अमेरिका भ्रमणमा रहेका निर्देशक सुरेस दर्पण पोखरेल लगायतको साथमा उनले जन्मदिनको केक काटेका हुन ।

