Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरका कारण समस्यामा कट्रिना

एजेन्सी, मुम्बई, 2015/07/20

यस्तो लाग्दैछ, रणवीर कपुरसँग सम्बन्ध राख्दा बलिउडकी चर्चित अभिनेत्री कट्रिना कैफलाई समस्या पर्न थालेको छ । रणवीरले आफ्नै निर्माणमा बनाइरहेको पहिलो फिल्म ‘जग्गा जासुस’को छायांकन सुरु भएको २ बर्ष भैसकेको छ । तर, अझै यो फिल्मको छायांकन सकिएको छैन । यो फिल्ममा रणवीरकी प्रेमिका कट्रिना कैफ मुख्य भूमिकामा छिन् । फिल्मको छायांकन नसकिएकाले प्रदर्शन मिति पनि बारम्बार सारिएको छ । यसैले कट्रिना समस्यामा परेकी छिन् ।

 

कैफले बारम्बार रिसुट पनि गरिरहेकी छिन् । यो फिल्मको छायांकन नसकिदा उनले अरु फिल्मलाई समय दिन सकेकी छैनन् । बलिउडमा थुप्रै अभिनेत्रीले मार्केट तताइरहेको समयमा कैफ भने नयाँ फिल्ममा काम मात्र गर्न सकेकी छैनन्, मिडियासँग पनि टाढा बसिरहेकी छिन् ।फिल्मको छायांकन नसकिदा कैफ दिकदार भएकी छिन् । तर, प्रेमी भएको नाताले उनले रणवीरलाई केही भन्न पनि सकिरहेकी छैनन् । यसैले अहिले बलिउडमा उनको क्रेज घट्न थालेको छ ।

Most Visited News (monthly)