Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

पोखरामा `नरे`

रेम बिक, पोखरा, 2015/07/20

नेपाली फिल्म नरेको पोखरामा स्पेशल स्क्रिनिङ भएको छ । शनिबार साँझ पोखरामा भएको स्क्रिनिङमा फिल्म र संचारक्षेत्रका व्यक्तित्वहरुको सहभागिता रह्यो । पहिलोपटक पोखरामा भएको स्क्रिनिङ पनि फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया सहभागीहरुले दिए ।


माओत्से गुरुङ निर्देशित फिल्म ‘नरे’मा गायक नरजंग गुरुङ प्रमुख भुमिकामा देखिएका छन् । फिल्म उनकै चरित्रको वरिपरी घुमेको छ । खासगरि गुरुङ समुदायमा व्याप्त आईडी किनेर हङकङ जाने परिपाटीलाई फिल्मले आफ्नो कथाबस्तु बनाएको छ । निर्देशक माओत्से आफैँले फिल्मको कथा लेखेका हुन् ।

एउटा सोझोँ र सामान्य परिवारको युवा पैसा कमाउने लोभमा कसरी भुमरीमा फँस्छ भन्ने कुरालाई फिल्मले बोकेको छ । अभिनेता नरजंग गुरुङको वास्तविक जिवनसँग जोडिने केहि किस्साहरु पनि फिल्ममा समावेश छ ।

फिल्ममा नरजंगसँगै एलिशा गुरुङ र सबिना गुरुङले जोडी जमाएका छन् । कमेडी र सेन्टिमेन्ट्स मिलाएर बनेको फिल्म अगस्टको २ तारिखमा हङकङमा पनि प्रदर्शन हुने निर्माण यूनिटले जनाएको छ । फिल्मलाई नेपालका अन्य स्थानमा पनि प्रदर्शन गरिने निर्देशक माओत्से गुरुङले जानकारी दिए ।

Most Visited News (monthly)