Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16285 - 16290 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-04-30, बिहिवार

देशमा भुकम्प आएर विपत्ती निम्तिएपछि प्रदर्शनका लागि तयार भएका धेरैजसो फिल्मले आफ्नो प्रदर्शन मिति पछि सारेका छन् । वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म धुनले रिलिज स्थगित गरेको छ । यस्तै, वैशाख २५ गतेबाट प्रदर्शनमा आउने भन्दै चर्को प्रचार गरिएको फिल्म होस्टेल रिटन्र्स पनि पछि सरेको छ । अर्को प्रदर्शन मिति देशको अवस्था हेरेर मात्र तय गर्ने निर्माताको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-04-28, मंगलवार

गत शनिबार आएको महाभुकम्पले देशका हरेक पक्षमा असर पुर्याएको छ । हजारौं जनको क्षति भएको छ भने करोडौं धनको पनि क्षति भएको छ । व्यापार व्यवसाय ठप्प छ । मनिसहरू कसरी बांच्न सकिन्छ भन्दै भुकम्पको असारबाट बच्न आश्रय खोज्दै छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-04-28, मंगलवार

अभिनेता सबिन श्रेष्ठलाई पितृ शोक परेको छ । गत सोमबार बेलुकी ४ उनका बाबुले बाँसबारी स्थित न्यूरो अस्पातलमा देह त्याग गरेको खबर प्राप्त भएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2015-04-28, मंगलवार

नेपालमा गएको भूकम्पका कारण 'रेशम फिलिली'को प्रर्दशन अनिश्चितकालका लागि रोकिएको छ भने देसभारका हल पनि बन्द भएका छन् । राष्ट्रिय शोकका घडीमा मनोरञ्जनलाई प्राथामिकतामा राखेर फिल्म प्रर्दशन गर्नु राम्रो नहुने भन्दै निर्माता माधव वाग्लेले अनिश्चितका लागि प्रर्दशन स्थगित गरेको जनाएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2015-04-28, मंगलवार

नेपालको महाभूकम्पमा परी तेलगु फिल्म उद्योगका अभिनेता के. बिजय सहित अन्य ८ बलिडउकर्मीको  मृत्यु भएको छ । भारतीय मिडियाले २५ बर्षीया बिजय आफ्ना २० सदस्य टिमका सहित नेपाल सुटिङका लागि आएको बेला भुकम्पमा परि मृत्यु भएको जनाएका छन्  ।

फिल्मीखबर, काठमाण्डौ, 2015-04-24, शुक्रवार

अभिनेत्री प्रियंका कार्कीले फेरि बिहे नगर्ने प्रण गरेका छन् । उनले शुक्रबार प्रकाशित हुने कान्तिपुर साप्ताहिकसँगको कुराकानीमा फेरि बिहे नगर्ने उद्घोष गरेकी हुन् । उनले कुराकानीमा भनेकी छिन् ‘ बिहे भन्ने शब्दसँग मेरो खासै ट्युनिंग मिल्ला जस्तो लागेन । सायद फेरि विवाह गर्दिन होला ।’

Results : 16285 - 16290 of 24018