Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

हिरोइनको खडेरी !

फिल्मीखबर, काठमाडौं, 2015/07/21

नेपाली फिल्ममा विस्तारै अभिनेत्रीको खडेरी देखिएको छ । एकपछि अर्को गर्दै अभिनेत्रीहरु विदेश पलायन हुन थालेपछि नेपालमा अभिनेत्रीके कमि हुन थालेको हो ।
हुनत, नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको संख्या धेरै छ । तर, धेरै मध्ये केही मात्र यस्ता छन्  जसलाई निर्माता र निर्देशकले मात्र होइन दर्शकले पनि पत्याएका छन् । केही अभिनेत्री चाहिँ फिल्ममा साना तिना रोल र म्यूजिक भिडियो खेलेका तस्बिहरु फेसबुकमा हालेर अभिनेत्रीको धाक लगाउनमै सिमित छन् ।  

 


तर, दर्शक, मिडिया, फिल्म बनाउनेको नजरमा पर्नेको संख्या भने कमजोर छ । चर्चित अभिनेत्रीहरु रेखा थापा, झरना थापा, करिश्मा मानन्धर पर्दामा भन्दा पर्दा बाहिर चर्चामा छन् । अब उनीहरुले एक बर्षमा केही फिल्म खेल्ने अवस्था छैन । यसपछि आएका प्रियंका कार्की, केकी अधिकारी लगायतले मात्र फिल्मको माग धान्न सक्दैनन् । हरेक फिल्ममा एउटै अनुहार  देखिदा पनि दर्शकलाई मोनोटोनस हुन्छ । त्यसो त अभिनेत्री बन्न चाहाना राख्ने युवतीको पक्कै पनि कमि छैन । तर नेपाली फिल्म उद्योगले प्रतिष्ठा जोगाउन नसक्दा राम्रो घरानाका युवतीहरु फिल्म खेल्न ईच्छुक छैनन् । उनीहरु बरु ५० जनाका अगाडि  क्याटवाक गर्न राजी छन् तर हिरोइन बन्न तयार छैनन् । त्यसैले पनि नेपालमा अभिनेत्रीहरुको जहिलै कमि हुँदै आएको छ ।

 


अहिले धेरैलाई फिल्म खेलेका, भिडियोमा देखिएको तस्बिर फेसबुकमा हालेर आफू कलाकार भएको देखाउने सोच मात्र हाबी छ । जस्ता पनि फिल्म खेल्ने, फेसबुकमा अनावश्यक चर्चामा आउन खोज्ने अभिनेत्रीहरुको संख्या बढ्दै जाँदा पर्दामा उनीहरुले कुनै छाप छाड्न सकेका छैनन् । दर्शकले आजसम्म पनि राजेश हमाललाई रुचाईरहेका छन् । तर मुख्य अभिनेत्रीमा सँगैका करिष्मा, गौरी मल्ल वा मिथिला आउट डेटेड भईसके । यसले के देखाउँछ भने अभिनेता जति बुढो भएपनि फरक पर्दैन तर अभिनेत्री उद्योगलाई नयाँ नयाँ चाहिन्छ । त्यसैले पनि उद्योग सँधै नयाँ अभिनेत्रीको खोजीमा हुन्छ ।

Most Visited News (monthly)