बलिउडमा अभिनेत्री विपाशा वसुको प्रेमको चर्चा सधै नै हुन्छ । विपाशाको प्रेम सुरुमा डिनो मारियोसँग भयो । यसपछि उनले डिनोलाई छाडेर जोन अब्राहिमसँग प्रेम गरिन् । जोन र विपाशाको प्रेम करिब ९ वर्ष सम्म चल्यो । बलिउडमा यी दुईले बिहे नै गर्छन् भन्ने चर्चा पनि थियो । तर, पछि यो जोडी अलग भयो ।
जोनसँग अलग भएपछि विपाशाले हरमन बावेजासँग प्रेम गरिन् । तर उनलाई पनि टाटाबाई बाई गर्दै विपाशा अहिले ‘एलोन’का अभिनेता करण सिंह ग्रोवरसँग डेट गरिरहेकी छिन् । यो जोडीले प्रेमलाई स्विकार नगरेपनि मध्यरातमा भने लुकिछिपी प्रेम गरिरहेका छन् ।मुम्बइको एक मलमा मध्यरातमा यो जोडी भेटिएको छ ।
फिल्म हेरेर निस्कदै गर्दा यो जोडीलाई मिडियाले आफ्नो क्यामेरामा कैद गरेका थिए । तर, मिडियाको अगाडि विपशा लजाउनुको साटो उल्टै पोज पोजमा तस्बिर खिचाइन् । करणले पनि मिडियाको अगाडि विपाशाकै शैलीमा तस्बिर खिचाएका थिए ।यो जोडीले खुलेयाम हिड्दै आफ्नो प्रेमलाई मौन स्विकृती दिएको छ । तर, मिडियामा खुलेर भने भनेका छैनन् ।

