
निर्देशक तथा अभिनेता आकाश अधिकारीको सामाजिक संस्था ‘आशाको ज्योति नेपाल’ ले काभ्रे पलाञ्चोकस्थित देउपुरका तीन वटा वडाका भूकम्प प्रभावितलाई राहत वितरण गर्दै एक दिने स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।

पर्दामा मात्र होइन कलाकार असली जीवनमा पनि लक्ष्य प्राप्तिका लागि उत्तिकै कटिबद्ध हुन्छन् भन्ने मान्यता चरितार्थ गर्दै कलाकारले ३ घन्टा भन्दा लामो ट्याक्टर यात्रा गर्दै राहत बाँडेका छन् ।

वैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण लाखौ नेपाली विस्थापित भएका छन् । विस्थापित हुनेहरुको भिडमा नेपाली फिल्मीकर्मी पनि पर्छन् । जसले आफ्नो घरबार र आफन्त गुमाएका छन् ।

फिल्मीकर्मीहरु भूकम्पबाट प्रभावितहरुलाई राहत वितरण गर्न हिडिरेका छन् । विभिन्न संघसंस्थाबाट आएका राहत सामाग्री उनीहरुले भूकम्प प्रभावितसम्म पु¥याएका छन् । तर, फिल्मीकर्मीहरु आफैले भने सहयोग गरेका छैनन् ।

सिन्धुपाल्चोकको अति विकट गाउँ सेलाङबारीका लागि राहत सामग्री लिएर जाँदै गरेको चंखे शंखे पंखे फिल्म यूनिटको राहतलाई भोटे सेलाङका गाउँलेहरुले लुटेका छन् ।

सुगम स्थानका भूकम्प पीडितहरुलाई राहत पुगेको समाचार आएपनि नेपालका दुर्गम स्थानमा अझै पर्याप्त राहत पुग्न सकेको छैन । केही फिल्मीकर्मीहरु फेसबुकमा फोटो राख्न र मिडियामा देखिनका लागि मात्र राहत वितरणको नौटंकी गरिरहेका छन् ।

