Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली अभिनेताको श्रीमती प्रेम

फिल्मीखबर, काठमाडौं, 2015/07/22

फिल्मको पर्दामा थुप्रै अभिनेत्री बोकेका आर्यन सिग्देल अहिले आफ्नी श्रीमती सपना भण्डारीलाई बोक्दैछन् । सपनालाई बोक्दै गरेको तस्बिर फेसबुकमा राखेर आर्यनले श्रीमतीप्रतिको माया दर्शाए । यति मात्र होइन, गएको फागु पूर्णिमामा सपनालाई खुल्ला स्थानमै चुम्बन गरेको तस्बिर फेसबुकमा पोष्ट गरेर आर्यनले चर्चामा आउने काम गरे ।

 

आर्यन अहिले आफ्नो कामको समयमा पनि पत्नी सपनासँग निरन्तर सम्पर्कमा छिन् । अझ, आर्यन कतै गएको खण्डमा त सपनाले उनलाई दैनिक कैयौ पटक फोन पनि गछिन् । नेपाली फिल्मका चलकेटी अभिनेता अहिले श्रीमती प्रेममा डुबेका छन् । श्रीमतीलाई दुनियाँले देख्ने गरी माया गर्नेमा अभिनेतामा राजेश हमाल पनि पर्छन् । ५० बर्षमा २८ बर्षकी मोडल मधु भट्टराईसँग बिहे गरेका अभिनेता राजेश हमाल अहिले फिल्ममा कम श्रीमतीसँग धेरै देखिन्छन् ।

 

देश तथा विदेशमा आयोजना हुने हरेक कार्यक्रममा राजेशसँग पत्नी मधु छुट्टिदिनन् । हमालले पनि मधुसँग बिताएका, घुमेका हरेक पलहरु फेसबुक मार्फत सेयर गरिरहेका हुन्छन् ।
अभिनेता हरिवंश आचार्यलाई पनि पत्नी रमिला आचार्य बिना विरलै देखिन्छ । प्रथम पत्नीको निधनपछि रमिलासँग दोस्रो विवाह गरेका आचार्यलाई देश होस् वा विदेशसँगै देखिन्छ ।
नेपाली फिल्मका अभिनेताहरु बिहेपछि श्रीमतीको प्रेममा चुर्लुम्ब डुबेको यसबाट पनि प्रष्ट हुन्छ ।
 

Most Visited News (monthly)