Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16135 - 16140 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-06-17, बुधवार

फिल्म अधकट्टीको काठमाण्डौको कुमारी हलमा च्यारेटी शो सम्पन्न भएको छ । कुमारी हलका २ वटै पर्दामा फिल्म देखाइएको थियो । जसबाट करिब ८ लाख रुपैयाँ उठेको निर्माता प्रदिप कुमार उदयले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-16, मंगलवार

जवानीका दिनमा मानिसलाई धर्म कर्मको खासै ख्याल हुन्न तर उमेर बढ्दै गएर मृत्यु बोधले सताउन थालेपछि मानिस बिस्तारै धर्मभिरु बन्न थाल्छ । तर हाम्री अभिनेत्री करिष्मा मानन्धर उमेर छँदै धर्मकर्म र ध्यानको अभ्यासमा लागेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-16, मंगलवार

सपनाको देश भनिने अमेरिका नेपाली कलाकारका लागि पनि प्रिय छ । अमेरिका जानु भनेको करिअरकै सवैभन्दा ठूलो युद्ध जितेको जस्तो ठान्ने कलाकारको संख्या पनि यहाँ कम छैन ।
अभिनेत्री निशा अधिकारी पनि सुटुक्क अमेरिकातर्फ लागेकी छिन् । उनी केही दिन अगाडि सुटुक्क अमेरिका उडेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-16, मंगलवार

अभिनेत्री दीपिका पादुकोण अहिले बलिउडमा सवैभन्दा व्यस्त छिन् । जसकाकारण पनि उनले आफूले नै अभिनय गरेका फिल्ममा समय दिन सकेकी छैनन् । प्रेमी रणवीर सिंहको साथमा ‘बाजिराओ मस्तानी’मा काम गरिरहेकी दीपिकाले आफ्ना पूर्व प्रेमी रणवीर कपुरको फिल्मलाई भने समय दिन सकेकी छैनन् । दीपिका रनवीर कपुरसँग फिल्म ‘तमाशा’मा काम गरिरहेकी छिन् ।

रेम बिक, पोखरा, 2015-06-16, मंगलवार

नेपाली फिल्म ‘नरे’ले आफ्नो पहिलो अनुहार सार्वजनिक गरेको छ । फिल्मका प्रमुख चरित्रको रुपमा देखिएका गायक नरजंग गुरुङले आफ्नो फेसबुकमार्फत ‘नरे’को पहिलो अनुहार सार्वजनिक गरेका हुन् । 

फिल्मीखबर, मुम्बई, 2015-06-15, सोमवार

संसारमा कलाकारका फ्यान पनि कस्ता कस्ता भेटिन्छन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि दुबइमा यस्तै फ्यान भेटेकी छिन् । दुबइमा आयोजित अरब इन्डियन बलिउड फिल्म अवार्डमा सहभागी हुन पुगेकी प्रियंकाका लागि एक फ्यानले गजबकै सरप्राइज दिएका छन् ।

Results : 16135 - 16140 of 24018