
‘टाइटानिक’ अभिनेता लियोनार्दो डिकाप्रियो र बेलायती अभिनेत्री जोहाना लुम्ले नेपाल आउने भएका छन् । उनीहरु दुवै जना सरकारले गर्न लागेको दाता सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका हुन् । सरकारी समाचार संस्था राससले दाता सम्मेलनमा भाग लिन आउने अतिथीहरुमा डिकाप्रियो र लुम्लेको नाम पनि उल्लेख गरेको छ ।

अभिनेता जीवन लुइटेल छोरीको पिता बनेका छन् । जीवन पत्नी अञ्जली शर्माले सोमबार बिहान पौने नौ बजे पाटन अस्पतालमा छोरीलाइ जन्म दिएकी हुन् । छोरी पाएपछि जीवनले सन्तानको रहर पुगेको बताएका छन् ।

अभिनेत्री प्रियंका कार्कीले भूकम्प जानु २ दिन अघि हुन्डाइको टक्सन गाडी खरिद गरेकी छिन् । तर, भुकम्प गएपछि उनले गाडीको तस्बिर फेसबुकमा सार्वजनिक गर्न सकिनन् । भुकम्पको त्रास कम हुँदै गएपछि उनले गाडी सार्वजनिक गरिन् । भुकम्प आए लगतै प्रियंका २० दिन बेलायत पुगेर सांकृतिक कार्यक्रममा सहभागी भएकी थिइन् । कार्यक्रममा सहभागी भएर नेपाल आएपछि उनको सक्रियता देखिएन ।

समाचार लेखेकै भरमा चलचित्र पत्रकार श्याम सुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिएको भन्दै चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ । संघले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै हिम्मतवाली अभिनेता सुदर्शन गौतमले पत्रकार गिरीलाई ज्यान मार्ने दिएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइटेलले बिहेपछि पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्ने भएका छन् । फिल्म ‘माया त माया’ हो छायांकनका क्रममा प्रेममा परेपछि यो जोडी मुम्बई भागेको थियो । यसपछि संचिताले नेपाल फर्किएर २ सन्तानलाई जन्म दिइन् भने निखिल उतै हराएका थिए ।

फिल्म क्षेत्रमा आएपछि आफू अभिनित सबै फिल्मले बक्स अफिसमा राम्रो कमाई गरुन् भन्ने चाहना कलाकारको हुन्छ । तर, यस्तो चाहना राखेपनि कलाकारको सपना पुरा भएको कमै मात्र पाइन्छ । बलिउडमा आएपछि आजसम्म कुनै पनि फिल्म फ्लप नभएका कलाकार हुन् अभिनेता बरुण धवन र अभिनेत्री श्रद्धा कपुर ।

