Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16153 - 16158 of 24018
एजेन्सी, मुम्बई, 2015-06-11, बिहिवार

बलिउड अभिनेता सलमान खान आफ्ना फ्यानसँग एकाएक भड्किएका छन् । मंगलबार राती उनले आफ्नो ट्विटर एकाउन्ट मार्फत फ्यानलाई आक्रोस पुगेका हुन् ।
ट्विटरमा फेक एकाउन्ट बनाएर बलिउडका चर्चित ३ खान सलमान, साहरुख र आमिरको तुलना हुने गर्दछ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-10, बुधवार

अभिनेत्री हर्षिका श्रेष्ठले कोलकत्ताका प्रसुन झुनझुनवालासँग बिहे गरेकी छिन् । परिवारका सिमित सदस्यहरुको उपस्थितीमा उनले बिबाह गरेकी हुन् । प्रसुन मारवाडी समाजका हुन् भने हर्षिका नेवारी । यसैले उनीहरुले दुबै कल्चर अपनाएर बिहे गरेका हुन् । बिबाह समारोहमा प्रसुनले जम्मा ३ जना जन्ती ल्याएका थिए । उनको तर्फबाट आमा, बुबा र दाइ मात्र बिहेमा सहभागी थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-06-10, बुधवार

‘वि फर अल’ अभियान माफत् राहत तथा टनेल घर निर्माणमा सक्रिय युवा फिल्मकर्मीलाई जापानमा संगठित नेपालीहरुको संस्था बलेवा सेवा समाज जापानले तीन लाख ५० हजार हस्तान्रण गरेको छ । बुधबार अनामनगरमा आयोजित औपचारिक कार्यक्रममा समाजले सो रकम अभियानका सदस्यलाई हस्तान्तरण गरेको हो ।

एजेन्सी, मुम्बई, 2015-06-10, बुधवार

कमल हासन र सैफ अली खानले एउटै फिल्ममा काम गर्ने भएका छन् । दुवै हिन्दी फिल्म ‘अमर है’का लागि एकसाथ देखिन लागेका हुन् । फिल्म कमल हासनको हिन्दी फिल्ममा पुनरागमन हुनेछ । उनले धेरै वर्ष अघि हिन्दीमा ‘हे राम’ बनाएका थिए जुन सन् २०००मा रिलिज भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-06-10, बुधवार

‘नाई नभन्नु ल’ को शिर्ष गीत गाएर चर्चा कमाएकी गायिका रजिना रिमालले बिहे गरेकी छिन् । रजिनाको बिहेको चर्चा फिल्म बजारमा सुनिएको थिएन । उनले फिल्मीकर्मीलाई नबोलाई सुटुक्क बिहे गरेकी हुन् । उनले काठमाण्डौका विनोद श्रेष्ठसँग घरजम गरेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2015-06-09, मंगलवार

भूकम्पका कारण जेठ १ गते रिलिज हुन नसकेको फिल्म 'कामचोर'को शिर्ष गीत रिलिज गरिएको छ । प्रदर्शनको मिती तय नगरिएको यो फिल्मको गीतले युवाहरुको वर्तमान अवस्थालाई व्यङ्य गरेको छ । 

Results : 16153 - 16158 of 24018