Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16123 - 16128 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-06-20, शनिवार

नेपाल चलचित्र प्राविधिक संघले आठौ नेफ्टा अवार्डको शुभारम्भ गरेको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै संघले आठौ नेफ्टा अवार्ड कतारमा आयोजना हुने बताएको हो । नेपाली चलचित्र क्षेत्रका विभिन्न नायक तथा नायिकाले केक काटेर अवार्ड कार्यक्रमको उद्घाटन गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-06-19, शुक्रवार

नायिका निशा अधिकारीले  क्रिकेटर शरद भेषवाकर र आफ्नो प्रेम सम्बन्ध यथावत रहेको बताएकी छिन् । उनले एउटा साप्ताहिक पत्रिकामा आफूहरुको सम्बन्ध छुटेको समाचारमा प्रतिक्रिया जनाउँदै आफूहरु अझ पनि एउटै टिममा रहेको बताएकी छिन् । सो साप्ताहिक पत्रिकाले निशाको ‘प्रेममा शरद रनआउट’ शीर्षकमा समाचार छापेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-06-19, शुक्रवार

अमेरिकामा रहेर कलाकारिता गरिरहेका नेपाली जसवन्त श्रेष्ठले सामाजिक सन्जाल फेसबुकको विज्ञापन खेल्ने मौका पाएका छन् । उनले फेसबुकले आफ्नै प्रवद्र्धनका लागि बनाएको विज्ञापनमा खेल्ने मौका पाएका हुन् । विज्ञापनमा उनलाई फेसबुकले कसरी मानिसलाई एक आपसमा जोडिन मद्धत गरिरहेको छ भन्ने देखाईएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-19, शुक्रवार

अमेरिकामा रहेकी अभिनेत्री जल शाहले पनि नेपालका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेकी छिन् । शाहले भूकम्प पीडितलाई राहत तथा पुनस्र्थापनामा सघाउने उद्धेश्यले युवा फिल्मकर्मीहरुले सुरु गरेको ‘सबैका लागि हामी’ अभियानलाई रु १ लाख १ हजार प्रदान गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-19, शुक्रवार

चलचित्र विकास बोर्ड अध्यक्ष राईले आफूले पदबाली गरे जारी गरेका पाँचबुदे घोषणा लागू गरी छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघले शुक्रबार राजकुमारलाई वधाई तथा शुभकामना दिन आयोजना गरेको एक कार्यक्रममा राईले पुनः सो प्रतिबद्धता दोहोर्याएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-19, शुक्रवार

लाइफटाइम कलेक्सनमा रेकर्ड राखेको फिल्म हो ‘कोहिनूर’। फिल्मले देशबाट मात्र १२ करोड व्यापार गरेको निर्माताको आँकडा छ । विदेशतिरको शोको बेग्लै हिसाब छ । तर यही ‘कोहिनूर’ अवार्डका मुख्य विधामा प्रतिस्पर्धामा छैन । ‘कोहिनूर’ को गीतसंगीत र कथावस्तु पनि तारिफयोग्य नै थियो । फिल्म चलेपछि त्यसलाई सफल मानिन्छ ।

Results : 16123 - 16128 of 24018