मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यशराज ब्यानरमा जोकर बन्न तयार कट्रिना

एजेन्सी, मुम्बई, 2015/08/28

बलिउडमा अभिनेत्री कट्रिना कैफको अहिले खुबै चर्चा छ । कट्रिनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको संख्या कम छैन । तर, अभिनेत्री कैफ भने आफू यशराज ब्यानरका लागि जोकर पनि बन्न तयार रहेको बताउँछन् । कट्रिनाले बलिउडमा फिल्म रोज्दा खुबै सोच्ने गरेको बताइन् । तर, जब यशराज ब्यानरको कुरा आउँछ, म जोकरको भूमिका पनि गर्न तयार छु, उनले भनेकी छिन् ।


कट्रिनाले फिल्ममा काम गर्दा आफूले खुबै कथावस्तुमा ध्यान दिने गरेको बताइन् । तर, यशराजको जब तक हे जान र धुम ३ मा काम गरेकी कट्रिनाले, स्क्रिप्टको माग नगरि काम गरेको खुलाइन् ।कैफले यशराज ब्यानरमा काम गर्नु आफ्ना लागि जीवनको सपना जस्तै हुने गरेको पनि बताइन् ।

 

यसैले आफूले कुनै पनि कुरा ध्यान नदिने उनले बताइन् ।
कट्रिना अभिनेता रणवीर कपुरसँग प्रेममा परेपछि फिल्ममा कामले भन्दा प्रेम चर्चाले बढी चर्चामा छिन् । यसैले उनले हिट फिल्मका लागि पनि यी कुरा भनेर यशराज ब्यानरलाई फकाउन खोजेको हुनसक्छ ।