भैरवले रिलिजको पहिलो दिन नै आक्रामक व्यापार गरेको वितरण कम्पनीले जनाएको छ । वितरक कम्पनी एफडीले चारै शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको जनाएको छ ।फिल्मले अपेक्षा अनुसार मल्टिप्लेक्समा भन्दा सिंगल थिएटरमा राम्रो व्यापार गरेको एफडीका बिक्रम पराजुलीले जानकारी गराए ।
उनले भने, ‘धेरै पर्दा भएका हलमा भन्दा एउटा मात्र पर्दा भएका हलमा भैरव हेर्ने संख्या ज्यादा छ । एक साथ देशभर रिलिज गर्न पाएको भए फिल्मलाई अझै फाइदा हुन्थ्यो ।’ राजधानीको गोपीकृष्ण, अष्टनारायण, गुण, कलंकी, पुष्पान्जली जस्ता हल हाउसफूल रहेको वितरकले जानकारी दिएका छन् । भोलि शनिबार र आइतबार गाईजात्राको विदा भएकाले फिल्म हेर्न थप दर्शक आउने अनुमान गरिएको छ ।
एक करोड भन्दा बढी लगानी भएको फिल्मको लगानी रिकभरका लागि पनि तीन करोड भन्दा ज्यादा ग्रस गर्नु पर्नेछ । फिल्म काठमाडौंसँगै पोखरा, हेटौंडा र नारायणघाटमा मात्र लागेको छ । निखिलको लेखन तथा निर्देशन रहेको फिल्ममा निखिल, अनु शाह, मुरलीधर, जयकिशन बस्नेत आदिको अभिनय रहेको छ ।