मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो होला उहिले बाजेको पालामा ?

फिल्मीखबर, काठमाडौं, 2015/08/28

नेपाली संस्कृति, मौलिकता झल्काउने कथामा फिल्म ‘उहिले बाजेको पाला’मा निर्माण भएको छ । मंसिर ४ गते चल्ने यो फिल्मले नेपालको पूरानो कथावस्तुलाई मनोरञ्जन दिने ढंगले प्रस्तुत गरेको निर्माता, निर्देशक गणेश बेलवासेले बताए ।


गणेशको साथमा वसन्त घर्तीमगरले निर्देशन गरेको फिल्ममा दिलिप रायमाझी, नविन श्रेष्ठ, गणेश बेलवासे, खुश्वु खड्का, सपना रोक्का, पूजा रिजाल, मियून जिरेलको मुख्य भूमिका छ । काठमाण्डौमा पत्रकार सम्मेलनमा बोल्दै निर्देशक बेलवासेले फिल्म हेरेपछि दर्शकले आफूहरुको प्रशंसा गर्ने बताए ।


चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले अहिलेको जमानामा यस्ता नेपालका संकृती झल्काउने फिल्म निर्माण गर्नु आफैमा चुनौती भएको भन्दै निर्मातालाई वधाई दिए । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले यस्ता बिषयमा फिल्म निर्माण आजको आवश्यकता रहेको बताए ।


फिल्ममा काम गर्न पाउँदा खुशी लागेको र आफ्नो भूमिकालाई दर्शकले मन पराउने भनाई अभिनेत्री खुश्वु खड्काको थियो । गुह्ेश्वरी बेलवासे, अस्मिता बडुवाल, चेतन कोइराला र यादव सैघाली यसका निर्माता हुन् ।

 

विपिन आचार्यको संगीत, भरत क्षेत्रीको द्धन्द्ध, हरिनारायण चौधरीको छायांकन, गणेश बेलवासेको लेखन, मित्र डी गुरुङको सम्पादन रहेको यो फिल्मले नेपालको पुरानो संकृतीलाई चिनाउने भन्दै दर्शक हलमा आउने विश्वास निर्माताको छ ।