
कुनै समय हिरो बन्ने लक्ष्यका साथ राजकुमार राई पूर्वको सहर इटहरीबाट काठमाडौं आएका थिए । पर्दामा हिरो बनेर हिरोइनसँग रोमान्स गर्ने र भिलेनलाई धुलाई गर्ने अवसर त राईले पाएनन् तर समयले उनलाई समग्र फिल्म क्षेत्रका हिरो बन्ने अवसर भने दिएको छ । राई गत शुक्रबार चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । विवादको बिन्दू रहेको बक्स अफिस र फिल्म निर्माण तथा प्रदर्शनमा देखिएको बेथितिलाई व्यवस्थि तगर्न सके राई नेपाली फिल्मको हिरो बन्ने निश्चित छ । फिल्मीखबरले नेपाली फिल्मका समस्या र राईका आगामी योजनाका बारेमा केन्द्रित रहेर गरेको कुराकानीका मुख्य अंशहरु ः

भूकम्पका कारण निर्धारित मितिमा रिलिज हुन नसकेको फिल्म ‘वन साइड लभ’ असार १८मा रिलिज हुने भएको छ । निर्माता तथा नायक कपिल खत्रीले फिल्म अब असार १८मा देशभरका पर्दामा रिलिज हुन लागेको जानकारी गराए ।

फिल्म बाजिगरको छायांकन सकिएको छ । अभिनेता जीवन लुइटेल, अभिनेत्री अनु शाहसँगै संजोग कोइराला र निश्मा घिमिरे फिल्मका मुख्य पात्र हुन् । फिल्मको छायांकन राजविराजमा गरेर सकाइएको हो । फिल्मको एक गीतमा अभिनेत्री अनु र अभिनेता जीवनलाई देख्न सकिन्छ ।

पोखराबाट निर्माण भएको नेपाली फिल्म 'धौली'को विशेष प्रदर्शन हुने भएको छ । जेठ ३० गते शनिबार पोखरामा विशेष शो हुने निर्माण ब्यानर ‘स्पाईनल ब्याब्लर क्रियशन’ले जनाएको छ । लामो समय यता पोखराको रंगकर्ममा लाग्दै आएका व्यक्तिहरुले फिल्मको निर्माण गरेका हुन् ।

अभिनेता जीवन लुइटेल अब भुटानी शरणार्थी बन्ने भएका छन् । बास्तविक जीवनमा नभई असार ३ गतेबाट छायांकनमा जान लागेको फिल्म रिफ्यूजीमा उनी भुटानी शरणार्थीको रुपमा देखिन लागेका हुन् ।

फिल्म ‘अधिकट्टी’ले फिल्मको गीत ‘फिगर कोकोकोला’को उत्कृष्ट डबस्मास बनाउनेलाई ३१ हजार दिने भएको छ । निर्देशक सुब्रत आचार्यले गीतको डबस्मास बनाई पठाउने मध्येबाट एक जनालाई नगद प्रदान गर्ने योजना अगाडि सारेको बताएका छन् ।

