मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.40/5.00)
Text size:-
+
-

कमाईमा ‘भैरव’को रेकर्ड । दुई दिनमा १ करोड ग्रस

फिल्मीखबर, काठमाडौं, 2015/08/29

निखिलको उप्रेतिको कमव्याक मानिएको फिल्म ‘भैरव’ले दुई दिनमा १ करोड भन्दा बढी कमाई गरेको छ । फिल्म वितरकहरुले दुई दिनमै करोडको आँकडा छोएको बताएका छन् । काठमाडौं र मोफसलका केही ठाउँमा मात्र रिलिज भएको फिल्मबाट भएको कमाईलाई कीर्तिमानी मानिएको छ ।


फिल्मले उपत्यका बाहिरबाट दुई दिनमा अनुमानित ३५ लाख र उपत्यकाबाट ८० लाखको ग्रस गरेको वितरकले जानकारी दिएका छन् । काठमाडौंका वितरक गोपाल कायस्थले शुक्रबार फिल्म उपत्यकामा २४ लाख कारोबार गरेको र शनिबार कारोबार संख्या दोब्बर पार्दै ५६ लाखको व्यापार गरेको बताएका छन् । उपत्यका बाहिर भने फिल्मले शुक्रबार अनुमानित ११ लाख र शनिबार १६ लाखको कारोबार गरेको छ ।


शुक्रबार भन्दा शनिबार फिल्मको व्यापार दोब्बर रहेको पनि कायस्थले जानकारी गराए । शनिबार ‘भैरव’ गोपीकृष्णका ३, गुण हलका ४ र अष्टनारायण हलका ३ वटै पर्दामा हाउसफूल भएको थियो । त्यसैगरि ‘भैरव’लागेका बाँकी हलपनि ओभरफ्लो भएका थिए । गुणमा त हिन्दी फिल्म ‘फ्यान्टम’लाई ठूलो हलबाट सानोमा झारेर ‘भैरव’ लगाईएको थियो ।फिल्म चल्नुलाई निखिलको स्टारक्रेज मुख्य कारण मानिएको छ ।

 

 

साउथको फिल्म हेर्न थालेका दर्शकले सोही टेस्टको सिनेमा पाएकाले पनि दर्शकले ‘भैरव’लाई रुचाएको विश्लेषण गरिएको छ । निखिल फिल्मभित्र इमान्दार पुलिस अफिसरको भूमिकामा देखिएका छन् । आइतबार गाईजात्राको विदा परेकाले फिल्मले थप कमाई गर्ने निश्चित छ । आउँदो हप्ता हिन्दी तथा नेपाली फिल्म रिलिज नुहने हुनाले फिल्मले लगानी उठाउने निश्चित जस्तै छ ।

 

एक करोड भन्दा बढीमा बनेको फिल्मले लगानी उठाउन भने तीन करोड हाराहारीको व्यापार गर्नुपर्नेछ । तर फिल्म मोफसलका धेरै जिल्लामा रिलिज हुन बाँकी रहेकाले लगानी सुरक्षित हुने सम्भावना प्रबल रहनेछ । निखिलले ‘भैरव’ चलेपनि नचलेपनि यसको सिक्वेल बनाउने घोषणा गरिसकेका थिए । फिल्मले धुवाँदार सुरुवात गरेकाले दर्शकले यसको सिक्वेल हेर्न पाउने भएका छन् ।