मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कस्तो होला प्रियंकाको स्वर ?

फिल्मीखबर, काठमाडौं, 2015/08/29

अभिनयमा व्यस्त अभिनेत्री  प्रियंका कार्कीले आफ्नो आवाजमा नयाँ गीत रेकर्ड गराएकी छिन् ।  उनले बच्चु कैलाशको आवाजमा पहिले नै रेकर्ड भएको ‘तिम्ले त हैन’ बोलको गीतलाई पुनः गाउँदै गायनमा निरन्तरता दिन लागेकी हुन् । भिडियो समेत बनेको गीतलाई क्षेत्रप्रताप अधिकारीले लेखेका हुन् भने गीतमा संगीत नातिकाजीको रहेको थियो ।

 
अभिनयका हिसाबले ‘मेरो बेस्ट फ्रेण्ड’ र प्रदर्शनका हिसाबले ‘थ्री लभर्स’ मार्फत फिल्मनगरीमा पाइला टेकेकी प्रियंकाले यसअघि फिल्म ‘आवरण’को शीर्ष गीतका लागि आवाज दिएकी थिइन् ।  ‘म संगीतमा भरिपूर्ण छु भनेर एल्बम निकाल्न लागेकी हैन , आफूलाई लागेको इच्छा पूरा गर्न मात्र खोजेकी हु किनकी म सिकाईको क्रममा मात्र छु’ प्रियंकाले भनेकी छिन् ।

 

भिडियो एल्बमको लागि ‘स्वतन्त्र’ बोलको गीतमा स्वर भरेर भिडियो बनाउने तयारीमा रहेकी प्रियंकाले त्यो भन्दा अगाडी नै ‘तिम्ले त हैन’ बोलको कभर भर्जन सार्वजनिक गरेकी हुन् ।
गीतको लाई रि( एरेन्ज शैलेश श्रेष्ठले गरेका छन् भने गितार सोनाम पाख्रिनको रहेको छ । यस गीतको भिडियोलाइ सुशन प्रजापतिले खिचेका हुन् भने सम्पादन उज्वल ढकालले गरेका छन् । गीतलाई टिनी बट बिग पिक्चर्सले तयार पारेको हो ।