Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16129 - 16134 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-06-18, बिहिवार

१० बर्षपछि फिल्म निर्देशनमा फर्किएका निर्देशक अनिल संग्रौलाले कर्मा नामक फिल्म बनाउने भएका छन् । उनले आज यो फिल्म बनाउने जानकारी एक कार्यक्रम गरेर दिएका हुन् । यो फिल्ममा नेपाली फिल्म क्षेत्रमा नम्बर १ भनिएका अभिनेताद्धय आर्यन सिग्देल र जीवन लुइटेल मुख्य भूमिकामा हुनेछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-18, बिहिवार

‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ को तेस्रो संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको छ । बिहीबार आयोजक नेपाल चलचित्र विकास कम्पनीकी अध्यक्ष निकिता पौडेलले प्रेस विज्ञप्तिमार्फत २०७१ को मनोनयन गरिन्  ।

फिल्मीखबर, काठमाडौं, 2015-06-18, बिहिवार

प्रदर्शन मिति तय हुन नसकेको फिल्म लभ सबलाई फिल्म सेन्सर बोर्डले पनि यूनिभर्सल सर्टिफिकेट दिएको छ । निर्माता सुशिल पोख्रेलले फिल्मले यू सर्टिफिकेट पाएको र सबै बर्गका दर्शकले हेर्न सक्ने बताए । देव श्रेष्ठको निर्देशनमा तयार भएको यो फिल्ममा प्रेमको कथा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-18, बिहिवार

 अभिनेता रमेश उप्रेती अमेरिकाबाट नेपाल फर्किए । नेपाल फर्किएपछि विभिन्न सार्वजनिक कार्यक्रममा देखिने गरेका रमेश अहिले फिल्म खेल्न पनि थालिसकेका छन् । उनी अभिनेत्री गौरी मल्लसँगै नेपाल फर्किएका हुन् । उनी अहिले फिल्म ब्रासलेटमा व्यस्त छन् ।

एजेन्सी, मुम्बई, 2015-06-17, बुधवार

शाहरुख र सञ्जय लिला भन्साली फेरि एक पटक भिड्ने भएका छन् । दुवैका फिल्म एकै दिन रिलिज हुने भएपछि उनीहरुको भिडन्त पक्का बनेको हो । शाहरुख अभिनित ‘दिलवाले’ र सञ्जय लिला भन्सालीको निर्देशन रहेको फिल्म ‘बाजिराव मस्तानी’ले रिलिजका लागि एउटै मिति तोकेपछि कुनै बेलाका दुई मित्र पर्दामा भिडन्त गर्ने भएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-06-17, बुधवार

केही अनलाइन मिडियामा अभिनेत्री रेखा थापा र एमाओवादीका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको सम्बन्धको बारेमा समाचार प्रकाशन भएपछि यसले बजार तताएको छ । प्रचण्ड पुत्र प्रकाश रेखा थापासँग सल्किएको लगायतका खबर सार्वजनिक भएका थिए । तर, प्रचण्ड पुत्र प्रकाशले आफ्नो फेसबुकमा रेखा थापा आफ्नो बहिनी भएको लेखेका छन् ।

Results : 16129 - 16134 of 24018