मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बीचमै रोकियो कट्रिना र सैफको फिल्म

एजेन्सी, मुम्बई, 2015/08/30

पर्दामा फेरि एकसाथ देखिन लागेका अभिनेता सैफअली खान र अभिनेत्री कट्रिना कैफको फिल्म रोकिएको छ । यो  फिल्म रोकिनुको मुख्य कारण ‘दृष्यम’को प्रदर्शनलाई मानिएको छ । सैफ र कट्रिनाको यो फिल्म र अजय देवगणले भर्खरै काम गरेको फिल्मको कथा उस्तै भएकाले रोकिएको स्रोतको दाबी छ ।

 

फिल्म सुजय घोषको निर्देशनमा बनिरहेको थियो । हलिउड फिल्म ‘द डिवोशन अफ सस्पेक्ट’ बाट यसको कथा तानिएको थियो ।सुरुमा विद्या बालन, ज्याकलिन फर्नान्डेज हुँदै कंगना रनावतसम्मले यसमा काम गर्ने चर्चा थियो ।

 

यो फिल्मको घोषणा कान्स फिल्म फेस्टिबलमा गरिएको थियो । फिल्म ‘दृष्यम’को कहानीसँग मिलेपछि निर्माताले फिल्म रोकेका हुन् ।अब यो फिल्म अब बन्छ या बन्दैन पक्का छैन । अभिनेता सैफअली खानले फिल्म ‘दृष्यम’ भन्दा पहिले नै बन्नु पर्ने बताएका छन् । उनले फिल्म रोकिएको बिषयमा आफूलाई थाहा नभएको बताए ।