
माधव खरेलको लेखन तथा निर्देशनमा फिल्म विरानो माया बन्ने भएको छ । यो फिल्मको आज काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहुर्त गरिएको छ । फिल्ममा नम्रता सापकोटा, श्रीदेव भट्ट, दिनेश डीसी, राजु बजाज, रोहित रुम्बा, सुरविर पण्डित, दीपासा बीसीको मुख्य भूमिका रहनेछ ।

झट्ट हेर्दा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमा राई र हलहरुको छाता संगठन चलचित्र संघको सम्बन्ध सामान्य देखिन्छ । बाहिरी रुपमा सामान्य देखिए पनि भित्री रुपमा त्यो सम्बन्ध भित्र थुप्रै असन्तुष्टी छन् । आइतबार राजकुमारलाई विकास बोर्डका अध्यक्षमा नियुक्त भएको वधाई दिदै गर्दा लगाइएको मालाले ठूलो अर्थ राख्छ ।

कोही कलाकार छन् जो फिल्म क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । उनीहरुले दर्शकको माया र सम्मान पनि पाएका छन् । अल्पायूमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन उर्लिएको हजारौको भीडले कलाकारप्रतिको सम्मान देखायो ।

अभिनेत्री नम्रता श्रेष्ठ आजबाट २९ बर्षमा प्रवेश गरेकी छिन् । नेपाली मिति अनुसार उनको जन्मदिन असार १ गते भएको हो । तर, जुन १४ मा उनी जन्मदिन मनाउने गर्छिन् । नेपाली फिल्म क्षेत्रमा लागेपछि विभिन्न कारणले चर्चामा रहेकी नम्रताले सफल फिल्म पनि दिएकी छिन् । विशेषगरि, एक अश्लिल भिडियो काण्डमा फसेपछि नम्रताको करिअर केही समय धरमराएको थियो ।

फिल्मीकर्मीको तर्फबाट चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि राजकुमार राइले केही राम्रा काम गर्ने संकेत देखाएका छन् । जसमा विकास बोर्डले गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार पनि पर्छ ।

अभिनेता भूवन केसी र अभिनेत्री जिया केसीको सम्बन्ध जगजाहेर छ । भूवनले जियालाई आफूसँगै राखेको लामो समय भैसकेको छ । तर यी दुइले आफ्नो सम्बन्धलाई सामाजिक नाम भने दिएका छैनन् ।

