Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 16111 - 16116 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-06-24, बुधवार

फिल्म ‘बागमती’को भिडियो लिक भएको छ । महंगो बजेटमा भारतमा पोष्ट प्रोडक्शनको काम भैरहदा यसका छायांकार शिजु गुरुवयुरले २ मिनेट  लामो भिडियो फेसबुकमार्फत चुहाइदिएका हुन् । भिडियो सार्वजनिकसँगै यो फिल्मका मुख्य कलाकार राजेश हमाल, शिव श्रेष्ठ र केकी अधिकारीको लुक्स पनि बाहिरिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-23, मंगलवार

अभिनेत्री करिश्मा मानन्धरको सह संयोजनमा परम् शक्तिपीठले निर्माण गरेका ७५ अस्थायी घरहरु मध्ये ५० वटा अस्थायी घरहरु भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । काठमाण्डूस्थित धर्मस्थली नगरपालिकामा पर्ने चोगाउँमा निर्माण गरिएका उक्त संख्याका अस्थायी घरहरु सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा मंगलबार त्यहाँका भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो । बाल्सल्य कुटी नामाकरण गरिएका अस्थायी घर हस्तान्तरण कार्यक्रममा मन्त्री रिजालसँगै चलचित्र विकास वोर्डका अध्यक्ष एवं दर्जन बढी कलाकार चोगाउँ पुगेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-06-23, मंगलवार

भुकम्पपछि देशकै माहोल शान्त बन्दै  जाँदा नेपाली फिल्म क्षेत्रमा पनि चहलपहल बढेको छ । यसैले पनि होला, अब विभिन्न नाममा अवार्ड गर्ने आयोजकहरु पनि सुरिन थालेका छन् ।
अब, केही महिना नेपाली फिल्म क्षेत्रमा अवार्डको मौसम हुने पक्का जस्तै छ । कारण, एकपछि अर्का अवार्डका आयोजकले यसको घोषणा गरिसकेका छन् । नेपाल चलचित्र प्राविधिक  घले कतारमा अवार्ड आयोजना गर्ने बताइसकेको छ । जसका लागि फिल्म हेर्ने काम पनि सुरु भैसकेको छ । दशैपछि संघले अवार्ड कतारमा गर्नेछ । यो अवार्ड नेपालमा लोकप्रिय छ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-23, मंगलवार

अभिनेत्री रेखा थापाले नेपालमा आयोजना हुने विभिन्न खालका अवार्ड पाउन छाडेको केही बर्ष मात्र भयो । कुनै समय बर्षकै  सर्वाधिक चर्चित अभिनेत्रीदेखि उत्कृष्ट अभिनेत्रीसम्मका विधामा उनकै वर्चस्व हुन्थ्यो ।  रेखाले अवार्ड पाउँदा उनी कार्यक्रममा सहभागी हुन्थिन् र आयोजकलाई स्टेजबाटै धन्यवाद पनि दिन्थिन् । तर, केही बर्षयता रेखाले निर्माण तथा अभिनय गरेका फिल्मले नाफा कमाएपनि स्तरियता भने खस्किएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-06-23, मंगलवार

एफ आइ एको आयोजनामा अगस्त ७देखि १६ सम्म सन्चलान हुने सन फ्रान्सिसिस्को ग्लोबल फिल्म फेस्तिवलले सोमबार एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलका बारेमा  जानकारी गराएको छ ।  बलिउड अभिनेता ओम पुरी तथा हलिउड एक्ट्रेस काई चिनको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम्मा सभापति झाप्रा रोमेस र संस्थाका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक डा फासी खुरानाले महोत्सबका बारेमा जानकारी गराएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-06-22, सोमवार

गिनिज बुकमा नाम लेखाउन सफल कान्छा निर्देशक सौगात बिष्टलाई बुटबलमा सम्मानित गरिएको छ । उनलाई बुटबल उद्योग बाणिज्य संघले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा सबैभन्दा सानो उमेरमा फिल्म निर्देशन गरी नेपालको गौरव बढाएको भन्दै सम्मान गरेको हो ।

Results : 16111 - 16116 of 24018