नेपाली फिल्ममा अहिले मधेसी पात्रको दमदार उपस्थिति देखिन थालेको छ । दर्शकले पनि मधेसी लबज बोल्ने पात्र र त्यतैबाट टिपिएका कथालाई रुचाएको पाइन्छ । संयोगवश आजभोलि हलमा चलिरहेका ‘भैरव’, ‘रेशम फिलिली’ र ‘‘होस्टेल रिटन्र्स’ तीनै फिल्म मधेशी पात्रको उपस्थिति देखिन्छ । मधेशमा आगो बलिरहँदा बक्स अफिसमा भने उनीहरुका फिल्मले राम्रो कमाई गरिरहेका छन् ।
फिल्म ‘रेशम फिलिली’ चल्नुको पछाडि यसको गीत त मुख्य बिषय थियो नै । तर, यस फिल्मका मुख्य पात्र कामेश्वर चौरासियाको भूमिकालाई दर्शकले अत्याधिक मन पराए । मधेसी पात्रको भूमिकामा देखिएका कामेश्वरले फिल्मलाई होल्ड गरेका छन् ।फिल्म ‘होस्टेल रिटन्र्स’लाई पनि मधेसी पात्रले नै जोगाएका छन् । यो फिल्मका मुख्य कलाकार भन्दा सहायक कलाकार नाजिर हुसेन चर्चामा छन् । उनले बोलेका संवाद पनि अहिले चर्चित बनेका छन् ।
मधेससँग केही मात्रामा जोडिएको यो फिल्मले पनि व्यापारिक रुपमा सफलता प्राप्त ग¥यो । फिल्म ‘भैरव’ त मधेसको कथावस्तु माथि नै बनेको छ । मधेसमा हुने गरेको लुटपाट, चोरी, आतंकलाई मुख्य बिषय बनाएको यो फिल्मले २ दिनमै करोड ग्रसको व्यापार ग¥यो ।अहिले चर्चामा रहेका र बक्स अफिसमा राम्रै व्यापार गरिरहेका ३ फिल्मलाई हेर्दा पनि नेपाली फिल्मको पर्दामा मधेसी पात्र र मधेस कथा हाबी बनेको देखिन्छ । के, अब नेपाली फिल्मले मधेसका कथालाई मुख्य बिषय बनाउला ?