मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकले सम्झने फिल्ममा मात्र काम गर्छु : अमृता

एजेन्सी, मुम्बई, 2015/08/31

बलिउड अभिनेत्री अमृता राव अहिले खासै चर्चामा छैनन् । ‘विवाह’, ‘मै हुँ ना’ लगायतका फिल्ममा काम गर्दा उनको जुन खालको चर्चा थियो, अहिले हराएको छ । उनै अभिनेत्रीलाई लाग्छ फिल्म भनेको जथाभावी खेल्नु हुदैन । अमृता आफूले दर्शकले याद राख्ने फिल्ममा काम गर्ने बताउँछिन् ।


उनले आफूले काम गरेका पछिल्ला फिल्म ‘जोली एलएलवी’, ‘सत्याग्रह’ले व्यापारिक रुपमा धुम नमच्चाएपनि दर्शकले याद राखेको बताइन् । उनले अब आफूलाई अफर आउने फिल्म मध्ये दर्शकले लामो समयसम्म संझिराख्ने फिल्ममा मात्र काम गर्ने दाबी गरेकी छिन् ।तर, बलिउडमा अभिनेत्रीहरु असफल हुन थालेपछि यस्ता खालका बहानाहरु धेरै बनाएको पाइन्छ । उनले आफूले फिल्म खुबै रोज्न थालेको रहस्य खोलिन् । बिहे गर्ने पुरुषमा विशेष केही गुण हुनुपर्छ भन्ने पक्षमा आफू नभएको अमृताको तर्क छ ।