Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डमा को को नाच्दैछन् ?

फिल्मीखबर, काठमाडौं, 2015/08/31

आठौ संकरणसम्म आइपुग्दा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा अवार्डलाई भव्य बनाउन कुनै कसर नराख्ने बताएको छ । नेफ्टाका अध्यक्ष मनोज केसीले अघिल्ला गल्तीहरुबाट पाठ सिकेर अवार्डलाई भव्य बनाउने तयारी भैरहेको बताए ।


यसपटकको नेफ्टा अवार्डमा ८० जना फिल्मीकर्मी कतार जानेछन् । अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँग सहकार्य गर्दै नेफ्टाले असोजको दोश्रो साता अवार्डको आयोजना गर्नेछ ।
काठमाण्डौको राष्ट्रिय नाचघरमा अहिले पुरानादेखि नयाँ कलाकारहरु तयारीमा व्यस्त छन् । नृत्य निर्देशक कविराज गहतराजको निर्देशनमा कलाकारले चर्चित चलचित्रका गीतहरु आफ्नै शैलीमा तयारी गरिरहेका छन् ।

 

नृत्य निर्देशक गहतराज यसपटकको अवार्डमा चर्चित गीतहरुलाई नेपाली शैलीमा ढालेर प्रस्तुत गर्न लागिपरेको बताउछन् ।भूकम्पपछि विदेशीमा नेपालको बारेमा नकारात्मक चर्चा पनि भएकाले यसलाई चिर्न कलाकारको प्रस्तुतीले सहयोग गर्ने अपेक्षा उनले राखेका छन् । यसपटकको कार्यक्रममा उद्घोषकदेखि प्रस्तुतीमा पनि विविधता ल्याउने तयारी गरिएको छ ।रियल जोडी संयम पुरी र आश्मा डीसीले ‘कोहिनूर’ फिल्मको शिर्ष गीतमा नृत्य तयारी गरिरहेका छन् । विदेशी भूमिमा नेपाली कलाकारको परिचयले नृत्य गर्न पाउँदा खुशी लागेको बताउँदै यो जोडीले प्रस्तुती भव्य बनाउने बतायो ।

 

 


यस्तै, कलाकारद्धय अकेषा बिष्ट र सौरमराज तुलाधर ‘हवल्दार सुन्तली’को ‘डोला डोला’ बोलको गीतमा नृत्य गरिरहेका छन् । नायक जीवन लुइटेल पनि आफ्नै चर्चित गीतमा प्रस्तुती दिन पाउँदा खुशी लागेको भन्दै दर्शकले मनोरञ्जन लिने बताउँछन् । उनले नायिका वेनिशा हमालसँग मिलेर फिल्म ‘स्टूपिड मन’को तिम्रो आँखामा बोलको गीतमा नृत्य गर्नेछन् ।नायिका अनु शाहले नायक गौरव पहारीलाई फिल्म ‘अझै पनि’को प्रेम गीतको बोलमा साथ दिनेछिन् । कलाकारद्धय छुल्ठिम गुरुङ र संजोग कोइराला ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतमा देखिनेछन् ।

 


कलाकारको तयारी देखेर कार्यक्रम संयोजक शिव पुरी पनि अवार्ड भव्य हुनेमा विश्वस्त छन् । उनले पनि यसपटकको अवार्डमा विभिन्न नयाँ शैली दर्शकले देख्न पाउने बताए ।
आर्यन सिग्देल, नम्रता श्रेष्ठ, बसुन्धरा भुषालदेखि अन्य थुप्रै कलाकार अवार्ड समारोहमा आफ्नो प्रस्तुती दिन लागिपरेका छन् । यसपटक स्टेज, रेड कार्पेटदेखि प्रस्तुती र उद्घोषणलाई भव्य बनाउने तयारी नेफ्टाले गरेको छ ।

Most Visited News (monthly)