मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली गीत गाइरहने छु : जोहान

फिल्मीखबर, काठमाडौं, 2015/08/31

शुक्रबारदेखि प्रदर्शन भइरहेको निखिल उप्रेतीको भैरव फिल्मका गीतहरु अहिले चर्चामा छन् । फिल्ममा समाबेश तीन मध्ये बिशेषगरी नाच भैरे नाच र दिलको मामला अहिले जनजिब्रोमा झुण्डिएका छन् । तर, कतिपयलाई थाह छैन, यी दुई गीतको गायक को हुन् भनेर । ती गायक हुन–जोहान दारुवाला ।
मुम्बइ निवासी २१ बर्षीय भारतीय युवा जोहान यसै बर्षभित्र पाश्र्व गायकका रुपमा बलिउडमा डेब्यु गर्दैछन् । भैरवका प्रस्तुतकर्ता रतन दारुवालाका छोरा जोहान केही दिनअघि काठमाडौं आएका थिए । उनीसँग गरिएको कुराकानी ः

यो कतिऔं पटक हो नेपाल आगमन ?
यो दोश्रो पटक हो । भैरवकै सिलसिलामा केही महिनाअघि पहिलोपटक काठमाडौं आएको थिए“ । मलाई नेपाल र नेपाली साह्रै राम्रो लाग्छ । त्यसैले पटकपटक आइरहन मन लाग्छ ।
भैरव’ मा निखिल उप्रेतीका लागि ‘प्ले ब्याक’ गर्नुभएको छ । अवसर कसरी मिल्यो ?
बुबाको साथी भएकाले निखिलजीसंग घरमा भेट भइहरन्थ्यो । उहा“हरु मिलेर नेपाली फिल्म बनाउने हुनु भयो । म भने सानैदेखि गायनमा लगाव राख्थें । जसले गर्दा उहा“हरुले भन्नु भयो की, घरमै गायक छ, बाहिर किन जाने ? एकचोटी ट्राइ गरौंन । त्यसपछि मलाई दिलको मामला गीत दिइयो । मैले धेरै मिहिनेत गरें । मैले गाएर सुनाए“ । निखिलजीले मन पराउनु भयो । पछि काठमाडौं बोलाउनु भयो । संगीतकार सुरेश अधिकारीसँग भेटाउनु भयो । सुरेश सरले मेरो गायकी निकै मन पराउनु भयो । त्यसपछि म फाइनल भए“ ।
नेपाली नजानेकाले नेपाली गीत गाउन गाह्रो भएन ?
सुरुमा त बहुतै गाह्रो भयो । एकातिर मेरो नेपाली उच्चारण ठिक थिएन, अर्काेतिर गीतको अर्थ के हो, मलाई थाह थिएन । निखिलजी, सुरेश सर र गीतकारले मलाई एकएक शब्दको अर्थ बताउनुका साथै शब्दको सही उच्चारण पनि सिकाउनु भयो । त्यसपछि त सजिलो भयो । रेकर्ड गर्नुभन्दा दिनमा आठ–दश घण्टा प्राक्टिस गर्थे । एकएक शब्द प्रष्ट्याउदै लगें ।
नाच भैरे गाउदाको  अनुभव कस्तो रह्यो ?
पहिला मलाई दिलको मामिला मात्र दिइएको थियो । त्यो गीत राम्रो गाएकाले नाच भैरे पनि मलाई दिनुभयो । म एकदम खुशी भए । धेरैभन्दा धेरै मिहिनेत गरे । त्यसको फल अहिले पाइएको छ ।
आफूले गाएको गीत पर्दामा हेर्दा कस्तो लाग्यो ?
–एकदमै राम्रो । मैले कल्पना पनि गरेको थिइन की यत्ति राम्रो भिजुअलाइज होला भनेर । नाच भैरेको आफ्नै स्वाद छ । दिलको मामिलाको भिजुअलाइजेसन झन ‘माइण्ड ब्लोइङ’ छ । यो गीत हेरेर मलाई मुस्ताङ घुम्न जान मन लागेको छ । अर्काे चोटी नेपाल आउदा पक्कै जान्छु । मेरो गीत सुनेर सबैले तारिफ गर्ने गरेको पाएको छु । यसमा मलाई ज्यादै खुशी लागेको छ ।
मुम्बइमा चाहि केके गर्नुभएको छ ?
मैले पा“च वर्षको उमेरदेखि नै गाउन थालेको हु“ । मेरो हजुर बुबा क्लासिक ट्रेण्ड सिंगर हो । हजुरआमालाई पनि संगीतमा बिशेष लगाव छ । बुबा पनि कलाकारितामै भएकाले बच्चैदेखि म यो बिधामा ढल्किए“ । मैले अहिलेसम्म अल इन्डिया म्युजिक टुर गरेको छु । पाच बर्ष क्लासिक म्युजीक र सिंगिङको क्लास लिए“ । मैले हालै योङ एचिभ्मेन्ट अवार्ड पनि पाएको छु । त्यसबाहेक मुम्बईमा आर्टिष्ट म्यानेजमेन्ट कम्पनी डिएनआर इन्टरटेन्मेन्ट चलाउदै आएको छु । म गायनमै आफ्नो करिअर बनाउन चाहन्छु । रिलायन्स इन्टरटेन्मेन्टसंग मेरो एग्रिमेन्ट भइसकेको छ । त्यसैले यही बर्षमा म पाश्र्व गायकको रुपमा बलिउडमा डेब्यु गर्दैछु ।
हिन्दी गीत रेकर्डिङ गर्नुभएको छैन ?
छन् । तर, केही समयपछि मात्रै बजारमा ल्याउने योजना छ ।
अब फेरि नेपाली गीत कहिले गाउने ? कुनै योजना ?
भैरवका गीतले गर्दा मलाई अहिले यहा“ थुप्रै निर्माता, निर्देशक, संगीतकारले आफ्नो फिल्ममा गाउन दिने कुरा गर्नुभएको छ । गोपाल कायश्थ, लक्ष्मण सुवेदी, सुशील पोखरेल, बसन्त सापकोटा, अर्जुन पोखरेल, माधव वाग्ले लगायतले मेरो स्वरको तारिफ गर्नुभएको छ । उहा“हरुले अबको फिल्ममा तिमीलाई गाउन दिन्छौ पनि भन्नु भएको छ । म सधै नेपाली गीत गाइरहन चाहन्छु ।


कुन गायकबाट प्रभावीत हुनुहुन्छ ?
मलाई सोनू निगम एकदम मनपर्छ । उनीझै स्थापीत हुने इच्छा छ ।