मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न

फिल्मीखबर, न्युयोर्क, 2015/09/01
अमेरिकाको न्युयोर्कमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव 'किम्फ' ट्राभलिङ किम्फका रुपमा सम्पन्न भएको छ । अगस्ट २९ मा न्युयोर्कस्थित शेर्पा किदुगको हलमा पहिलो पटक सम्पन्न महोत्सवमा देशविदेशका दर्शकहरुको सहभागिता रहेको थियो । 
 
 
हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फलाई न्युयोर्कमा एभरेस्ट टाइम्सले सहआयोजना गरेको हो । नेपाली जनजीवनलाई दुरुस्त देखाउने खालका डकुमेन्ट्री किम्फ मार्फत न्युयोर्कमा देखाउन पाएकोमा आयोजक एभरेस्ट टाइम्सका प्रधानसम्पादक आङछिरिड शेर्पाले खुशी ब्यक्त गरे । 
 
पहिलो पटकनै दर्शकको उत्साहजनक सहभागीताले किम्फलाई निरन्तरता दिन उत्साहित बनाएको उनले बताए । यसपालि न्युयोर्क प्रदर्शनमा संकलित रकम भुकम्पले भत्केको सोलुखुम्बु केरुङस्थित चागेस्थान माध्यामिक विद्यालय निर्माणमा खर्च गरिने भएको छ । 
 
कार्यक्रममा प्रमुख अतिथीका रुपमा नेपाल चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले नेपाली वृत्तचित्र र छोटा फिल्महरु मार्फत नेपाली समाज, संस्कार र पर्यटनको प्रबर्द्धन गर्न महोत्सव सफल भएको बताए । चलचित्र विकास बोर्डले लामो समयदेखी नेपालमा किम्फलाई सहयोग गर्दै आएको बताउँदै उनले भने- 'सरकारले गर्नुपर्ने काम हिमाल एशोसीएशनले गरिरहेको छ। बोर्डका तर्फबाट थप सहयोगका लागी पहल गर्नेछु ।'
 
नेपालका ४७ जिल्लामा प्रदर्शन भइसकेको किम्फ गएको फेब्रुअरीमा हङकङ र मकाउबाट देशबाहिर समेत गर्न थालिएको हो। किम्फको मुख्य कार्यक्रम चाहिँ हरेक वर्ष डिसेम्बरमा काठमाडौंमा हुँदै आएको छ। न्युयोर्क प्रदर्शनीमा यसपटक नेपाली पानोरमा अन्तर्गत उत्कृष्ट भएका भोजराज भाटद्वारा निर्देशीत 'सुनाकली', लक्छा बान्तवाको 'पवन', सचिन घिमिरेको 'पुन्टेको पांग्रो' र दिनेश पाल्पालीको 'बालकृष्ण सम' देखाइएको थियो।
 
हङकङ र मकाउमा हरेक फेब्रुअरीमा हुने यो महोत्सव अमेरिकाको न्युयोर्कमा अबदेखि अगस्ट महिनाको अन्तिममा हुनेछ। किम्फमा हरेक वर्ष ५५ र ६० वटा मुलुकबाट ३०० भन्दा वढी फिल्म आउँछन्। तीमध्ये छानेर उत्कृष्ट फिल्महरूको प्रदर्शनी काठमाडौंको मूल कार्यक्रममा हुने गरेको छ।